बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा दोस्रो स्नूकर प्रतियोगिता असोज १७ देखि २४ गतेसम्म आयोजना हुने भएको छ। यो प्रतियोगिता स्थानिय स्तरमा खेल प्रेमीहरूका लागि विशेष चासोको विषय बनेको छ। प्रतियोगिताको फाइनल खेल असोज २४ गते सम्पन्न हुनेछ।
प्रत्येक प्रतियोगीलाई प्रतियोगितामा सहभागिता जनाउनका लागि १५०० रूपैयाँ शुल्क लाग्नेछ। प्रतियोगितामा विजयी हुने खेलाडीले २५,००० रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्, जसले गर्दा खेलाडीहरूलाई थप प्रेरणा र उत्साह प्रदान गरेको छ।
यो प्रतियोगिता स्थानिय खेलकुदको विकास र खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
प्रतिकृयाहरु