मिति २०७८/५/६ गते
आकाशको चन्द्र र सुर्यलाई बादलले घेर्दा
र चट्याङले चट्क्याउँदा समेत खोजेन भाउ
हिजोको दिनमा नेपाली जनताले
दल भित्रका नेतागणलाई सोचेका थियौँ पाँच पाण्डव
यहाँ त ठ्याक्कै उल्टो भयो
आज खै किन र कसो गरी भए कौरव?
सारा नेपालीलाई खै किन हो
देखाएको होला नित्य तान्डव।।
अझै केहि बिग्रिएको केहि छैन
साँच्चिकै नेपाल र नेपाली मुक्तिका लागी
लागि परेका हौ भने एक जुट भई बन्न
सक्नुपर्छ पाँच पाण्डव
नत्र भने
भोलिका दिनमा खै गरी सकिन्छ गौरवः
अझै
सक्छौ भने देखाउ एक भई पाँच पाण्डव
यही देश र नेपालीकै लागी
भनी सहिद र जनताले गरेका थिए बलिदान
तर पनि सारा नेपाली माथि पटक पटक
किन हुन्छ खेलबाड?
किसान र मजदुरलाई पटक पटक
बनाउन खोजिन्छ कहिले तोरी झैँ र
कहिले बनाउन खोजिन्छ रे पिना।
भनेजस्तै भएको त छैन
विडम्बना
समाजवाद भन्ने पक्षले न त
समाजवाद कै अनुसरण गरे
जनवाद भन्ने पक्षले
नत जनवादकै अनुसरण गरे
नत मदनलाई नै हेरे न सदनलाई टेरे।।
विर सहिद र नेपाली जनताले गरेका
थिए नि साझा नै बलिदान
कठै यहाँ त !
खै किन हो?
व्यक्ति व्यक्तिकै घमण्डले हो वा
विधामा भन्दा सिदामा
केन्द्रित भएर वा जोकसैका घेराबन्दिमा परेर
एक आपसमा सहमति नजुट्नु
आफ्नो २ धार्नी लिएर १ धार्नी छोड्न नसक्नु
नेपाली जनतालाई अति नै
दुख सरीको भएको छ रे घाउ
यहाँ त बुढो रुख ढलेर सानो रुखलाई
परे झैँ भयो रे दाउ
अब चाहीँ भने नेपाल र नेपालीलाई जो कसैका
जोकसैका लागि न लगाउ है दाउ।
दामोदर उपाध्याय भण्डारी
प्रतिकृयाहरु