नेपालले अब पानिजाहाज चलाउने: केपी शर्मा ओली

[[IMG_ALT]]

b s g news | International News | Chaitra 25

बंगालको खाडीबाट नेपालमा सिधै पानी जाहाज सञ्चालन हुने भएको छ ।

बंगालबाट नेपालसम्म पानी जाहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच शनिबार नयाँदिल्ली सम्झौता भएको छ । दुई देशबीच भएको सम्झौताअनुसार नेपाल अब सिधै समुद्रसंग जोडिनेछ ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसंग सिधै जोडिने भएकाले नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनले बताए । सम्बोधनका क्रममा मोदीले भने “सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिन्छ, जाहाज सञ्चालन हुन्छ ।

संयुक्त पत्रकारसम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब जाहाज चलाउने जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनको भनाई छ । यसविषयमा दुई देशबीच सम्झौता भएको उनले जानकारी दिए ।

नेपालको कोशीनदीसम्म जाहाज चल्ने भएको छ । बंगालको खाडीबाट सिधै जलमार्ग हुदै नेपालमा जाहाज आउने भएको छ । यसले गर्दा कलकत्ताबाट सडकमार्ग हुदै विराटनगर र वीरगञ्जसम्म भइरहेको आयात–निर्यात व्यापार जाहाज सञ्चालनपछि सिधै समुद्रबाट हुनेछ ।