बाम गठबन्धन संघिय लोक्तान्त्रीक गण्तन्त्र संस्थागत गर्नका निमित्त - जनार्दन शर्मा

[[IMG_ALT]]

BSGNEWS | National News | Mangshir 16

काठमाडौं क्षेत्र न ५ मा बाम गठबन्धन द्वारा बूढानिलकण्ठ मा चुनावी आम सभा गरेको छ । काठमाडौं क्षेत्र न ५ बाट प्रतीनिधी सभा तर्फ नेकपा एमालेका ईश्वर पोखरेल ,प्रदेश सभामा दिपक निरौला , बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्दव खरेलका साथै नेकपा माओवादीका केन्द्रिय सदस्य जनार्दन शर्मा बिशेष अतिथीको रुपमा पाल्नु भएको थियो । चुनावी आम -सभालाई सम्बोधन गर्ने क्रममा बाम गठबन्धन संघिय लोकतान्त्रीक गणतन्त्र लाई संस्थागत गर्नका निमित्त भएको र बिपक्षीले यो बाम गठबन्धनलाई उपहास गरी जनतालाई भ्रममा पार्न खोजिरहेको आरोप माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व उर्जा एव गृह मन्त्री जनार्दन शर्माले लगाउनु भएको छ । बाम गठबन्धन जन चाहना अनुरुप भएको र बाम गठबन्धन सरकारमा आए पछी बिपक्षीले भने जस्तै नेपालीले रुने मौका नै नपाउने हैन, कि बरु बाम गठबन्धनको सरकार आयो भने नेपाली जनताले रुनु पर्ने अवस्था नै नआउने जिकिर गर्नु भएको थियो । चुनावी सभामा बोल्दै काठमाडौं क्षेत्र न ५ का प्रतीनिधी सभा उम्मेद्वार ईश्वर पोखरेल क्षेत्रीय तथा रास्ट्रीय समस्या हरु लाई समाधान गर्नका निमित्त बाम गठबन्धन अपरिहार्य रहेको र देश लाई आर्थीक रुपले सबल र क्षेत्र न-५ मा थप बिकास निर्मान देखी शिक्षा,स्वास्थ र पर्यटन समवन्धी कार्य हरु गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।उल्लेखनीय जन समुदायको उपस्थिती रहेको उक्त कार्यक्रममा लोक गाएक बद्री पंगेनी तथा अन्य कलाकार हरु समेत साँगितिक प्रस्तुती रहेको ।