नेपालको वनलाई सम्बृद्धिको आधारका रुपमा विकास गर्ने : शक्तिबहादुर बस्नेत

[[IMG_ALT]]

b s g news | National News | Chaitra 21

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको वनलाई सम्बृद्धिको आधारका रुपमा विकास गर्ने बताएका छन् । नेपालको जंगल संरक्षणमुखी मात्रै भएको टिप्पणी गर्दैै मन्त्री बस्नेतले अब सदुपयोग र संरक्षण दुवै गर्ने नीति अघि सार्ने उनले प्रष्ट पारे ।

‘वन र वातावरणलाई विकासको बाधक हैन, सम्बृद्धिको आधार बनाउछु’ सोमबार आफ्नै कार्यकक्षमा संसदमा क्रियाशिल पत्रकारहरुसंगको अन्तरक्रियामा बस्नेतले भने । नेपालका विभिन्न परियोजनाहरु बेलैमा सम्पन्न हुन नसक्नुमा वन तथा वातावरणीय समस्याका कारक बन्ने गरेको भन्दै आलोचना भईरहेका बेला मन्त्री बस्नेतले अब वन र वातावरणलाई सम्बृद्धिको अभियानसँग जोड्ने बताए ।

४५ प्रतिसत वनले ढाकेको नेपालमा कुल गार्यस्थ उत्पादनमा वनको योगदान नगन्य रहेको बताउदै मन्त्री बस्नेतले छिट्टै कार्ययोजना सार्वजनिक गर्दै बहुआयामिक नीति सार्वजनिक गर्ने बताए । पार्टी एकता बैशाख ९ गते आसपास हुने जानकारी दिदै मन्त्री बस्नेतले एकता पछि सुविधाजनक बहुमतको सरकार बन्ने र त्यो सरकारले सम्बृद्धि ल्याउने दावी गरे