सिराहामा नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Bhadra 2

नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिराहाको आयोजनामा सिरहाको कर्जन्हा गाउँपालिका–६ गौतारीमा बाढी पीडितहरुका लागि बुधबार निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरिएको छ ।
उक्त अस्पतालबाट खटि गएका प्रहरी नायव उपरीक्षक डा. केदार खड्गी समेतको स्वास्थ्यकर्मीहरुको टोलीले शिविरमा बाढी पीडित स्थानीय महिला, बालबालिका, बृद्धबृद्धा गरी १ सय २५ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि समेत वितरण गरेको हो ।
शिबिरमा प्रहरी कर्मचारी, स्थानीय भद्रभलादमी, समाजसेवी, संचारकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।