काठमाण्डौमा नाईजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षीहरु सहित पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Mangshir 8

" नाईजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षीहरु सहित पक्राउ मानिस विरुद्द संगठित अपराध निवारण ऐन,२०७० अनुसार अनुसन्धान भई रहेको"

घटना विवरण:

नाईजेरियाबाट टर्कीको राजधानी ईस्तानवुलको हवाई बाटो हुदै नेपाल भित्र्याईएका विभिन्न प्रजातिका संरक्षित पशुपंक्षीहरु नेपालबाट भारतमा समेत खरिद , बिक्री तथा ओसरपसार गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा मिति २०७४/०६/३१ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं-३ बाँसबारी सल्लाघारी स्थित संजिव भारीको घरमा जिवित चराचुरुङ्गीको साथमा अबैध रुपमा लुकाई छिपाई ल्याईएको CITES महासन्धी ले प्रतिवन्धित संरक्षित जिवित चिम्पाञ्जी, CITES को Appendix 1 र बाँदर प्रजातिहरु, CITES को Appendix 2 मा रहेका संरक्षित वन्यजन्तु सहित ओसार पसार तथा खरिद विक्री गर्ने कार्यमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान गर्दा संगठित अन्तराष्ट्रिय गिरोहको समेत संलग्नता रहि गैर कानूनी रुपमा CITES ले प्रतिवन्धित वन्यजन्तु पैठारी गरिएको देखिएकाले संगठित अपराध निवारण ऐन,२०७० अनुसार अनुसन्धान भई रहेको छ ।
श्रोत नेपाल प्रहरी