कुटपिट गरी आफनै आमा मार्ने पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Bhadra 15

चितवन, १४ भदौ
कुटपिट गरी आफनै आमालाई मारेको अभियोगमा भरतपुर महानगरपालिका–१५ मंगलपुर बस्ने १९ बर्षीय आशिष दराईलाई प्रहरीले पक्राउ गरेको छ ।
दराईले बुधबार आफ्नै आमा ४० बर्षीया सबिता दराईले मादक पदार्थ सेवन गरेको भनी डोरीले हात खुट्टा र घाँटीमा बाँधी कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी भरतपुरतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।श्रोत नेपाल प्रहरी