क्षेत्र नं ४ का उम्मेद्वार राजन भट्ट्राई घर दैलो गर्दै , स्थानियले दिए बिजयको शुभकामना

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Kartik 27

नेकपा एमालेका केन्द्रिय सदस्य एबम बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा र घर दैलो गरेका छन ।

उनि संगै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्की, माओवादी केन्द्रको तर्फ बाट समानुपातिक तर्फका उम्मेदवार अमर विक सहित आज कार्तिक २६ गते बुढानिलकण्ठ क्षेत्रको घर दैलो अभियानमा रहेका थिए । उनको साथमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का ,सदस्य राजेन्द्र श्रेष्ठ ,वडा नं १ का सदस्य श्याम तामांग लगायत नेकपा एमालेका कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

उनले आफु स्थानीय रहेकोले यस क्षेत्रको समस्या संग परिचित भएको भन्दै स्थानीय क्षेत्रको समस्या समाधानका लागि मत मागेका थिए । घर घरमा उनलाई फुल माला,टिका र खादाले स्वागत गर्दै आफ्नो समस्या सुनाएका थिए ।घर दैलोको क्रममा उनले आफ्नो परिचय पुस्तिका र प्रतिवद्धता पत्र वितरण गरेका थिए । त्यस भन्दा अघि आजै बिहान वडा नं २ को चुनावि कार्यालय समेत उद्घाटन गरेका थिए। संयुक्त नाम गठबन्धनको निर्माण पश्चात नेकपा एमाले र माओवादी केन्द्र दुवै दलका कार्यकर्ता हरु उत्साहित हुदै घर दैलो गरीरहेका छन्।

[[IMAGE_ALT]]