उपभोक्ता समिती गठनमा वडा अध्यक्ष् ले गरे मनोमानी

[[IMG_ALT]]

b s g news | Nagar News | Chaitra 3

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विजय तामाङले उपभोक्ता समितिको आग्रहलाई लत्याउँदै खानेपानी ल्याउन असहयोग गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् । बुढानिलकण्ठ नगरपालिकाको आ.ब ०७४/७५को विनियोजित योजना अन्तर्गत वडामा परेको खानेपानी ट्यांकी निर्माण शिर्षकको विनियोजित रकम बिस लाख बृहतर खानेपानी योजनामा लगेर अर्को उपभोक्ता समिती गठन गरे पश्चात यो बिषयको विबाद चर्किएको हो |बृहतर खानेपानी योजनाको उपभोक्ता समिती गठन गर्दा यस वडाका सामाजिक अगुवाहरु लाई कुनै सुचानानै प्रदान नगरी पार्टी निकट ब्यक्तिहरुलाई उपभोक्ता समिती गठन गरेको हुँदा विवाद उत्पन्न भएको स्थानीय रमेश दुलाल बताउछन |

शनिबार अगाडी चिसानी थारथोक खानेपानी उपभोक्ता समितिका संयोजक अर्जुन बलबुलको नेतृत्वमा पुगेको टोलीले वडा अध्यक्षलाई खानेपानी ल्याउन आग्रह गर्दापनि उनले कुनै सुनुवाई नगरी उल्टै निजि जग्गा खोजी पानी ट्यांकी बनाउन भनेको बुझिएको छ ।

तत्काल खानेपानी ल्याउनुपर्ने माँग गर्दै लगभग २ सय जनाको उपस्थितिमा आज वडा अध्यक्षसमक्ष उपभोक्ता समितिको डेलिगेशन पुगेको थियो । विष्णुमतिको मुहान चिसानीबाट खानेपानी ल्याउन उपभोक्ताले सिफारिश गरेको हो ।



खानेपानी ल्याउनको वडाले २० लाख रुपैयाँको खानेपानी कोष स्थापना समेत गरेको छ । सोही कोषबाट खानेपानी ल्याउनुपर्ने उपभोक्ताको माँग रहेको छ । तर, वडा अध्यक्ष तामाङ्ले स्थानीयहरुको माँगलाई बेवास्ता गर्दै पानी ल्याउन आलटाल गरेको बुझिएको छ ।

तत्काल खानेपानी ल्याउने व्यवस्था नगरे वडा अध्यक्षविरुद्ध उपभोक्ताले कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।