तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिता सम्पन्न

[[IMG_ALT]]

BSG News | Nagar News | Ashwin 13

बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको फाइनल खेल समापन भएको छ | प्रतियोगिताको फाइनलमा नेपाली युवा क्लब बु.न.पा २ र शिवपुरी युवा क्लब बु.न.पा ३ भिडेका थिए | खेलको पहिलो हाल्फ्मा नेपाली युवा क्लबले खेल आफ्नो पक्ष्म राख्दै केहि राम्रा मौका सिर्जना गरे पनि सफल हुन् सकेन | शिवपुरी युवा क्लबले आफुले पाएको मौकाको सहि सदुपयोग गर्दै पहिलो हाल्फ्मा बिबेक पण्डितको फ्री किक बाट गोल गर्दै अग्रता लिएको थियो | नेपाली युवा क्लबको गोलरक्षक को गल्तीमा शिवपुरीले अग्रता लिएको थियो | नेपाली युवा क्लबका गोल रक्षक्ले आफुले समातेको बल लाई आफ्नो नियन्त्रणमा लिन नसक्दा रोशन ठकुरीले अर्को गोल थप्दै शिवपुरीनवज्योतिको अग्रता लाई दोब्बर बनाए | दोश्रो हाल्फ्मा शिवपुरी नवज्योतिले गोलरक्षक भारत बाबु सहिको ठाउँमा कृष्ण तामांगलाई परिबर्तन गरेको थियो | नेपाली युवा क्लबका अमिर नगरकोटीले प्राहर गरेको आकर्षक फ्री किक लाई शिवपुरी नवज्योतिका कृष्ण ले उत्कृष्ट बचाउ गरेका थिए |कम्जोर गोल रक्षक्को फाइदा उठाउदै शिवपुरी नवज्योतिले अर्को गोल गर्दै खेल लाई समग्रमा ३-० को नतिजाले आफ्नो पक्ष्म पर्दै उपाधिमाथि आफ्नो कब्जा जमायो |बेस्ट मिल्ड फिल्ड सन्जिब कार्की , प्रतियोगिताका कान्छा खेलाडीको उपाधि रोहन शाक्यले त्यस्तै गरि बेस्ट डिफेन्स टेण्डी शेर्पा ,हाइ स्कोरर रोशन ठकुरी र मिलन थापा उत्कृस्ट खेलाडी घोसित भए भने उत्कृस्ट टिम म्यानेजर राधाकृष्ण थापा ,बेस्ट टिम टिम ग्रीन भयो र सर्बाधिक पास उपलब्ध गराउने खेलाडी शिवपुरीका रोहित खड्का हुन् सफल भए | अनुसासित टिम पन्चकन्य युवा क्लब स्पोर्ट्सम्यानसिप गाम्चा क्लबले र नोबोधित टिम तौलुंग स्पर्ट्स एकेडमी रहन सफल भएको थियो

[[IMAGE_ALT]] [[IMAGE_ALT]] [[IMAGE_ALT]]