डलर साटिदिन्छु भनी ठगी

[[IMG_ALT]]

BSG News | Entertainment | Ashwin 1

काठमाडौँ, ३० भदौ
अपरिचित व्यक्तिहरुले डलर साटिदिन्छु भनी दोलखाको भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौं बालाजु बस्ने २२ बर्षीय प्रकाश खत्रीको नगद १ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका छन् ।
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोमा बिहीबार २ जना अपरिचित व्यक्तिले खत्रीलाई डलर साटिदिन्छु भनि कागज दिई उक्त नगद लिएर भागेको बताइएको छ ।
फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
- श्रोत नेपाल प्रहरी