प्रदेश टिकेट को दौडमा भोला लामिछाने

[[IMG_ALT]]

BSG News | Nagar News | Ashwin 9

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिका तर्फ रहेको प्रादेशिक क्षेत्रमा अहिले विभिन्न नेताहरुले आफ्नो दावी प्रस्तुत गरिरहेका छन । अहिले स्थानीय नेताहरु आन्तरिक रुपमा कार्यकर्ता र नेताहरु संग परामर्श गरिरहेको नेपाली कांग्रेस निकट श्रोत बताउछ | चुनाबी टिकटको रेस खुल्ला भई सकेको यो माहोलमा नेपाली कांग्रेसका पूर्व काठमाडौँ जिल्ला सदश्य भोला लामिछाने पनि सामेल रहेको नेपाली कांग्रेस निकट श्रोत बताउछ | भोला लामिछाने युवा हरुसंग चाडै घुलमिल हुन् सक्ने युवा को भावनालाई सम्मान गर्न सक्ने जेष्ठ नागरिकको लागि बिभिन्न कार्य गर्दै आई रहेका नेता मध्य एक हुन् | नेपाली कांग्रेसको शक्ति केन्द्र संगको सामिप्यता भोला लामिछानेको लागि टिकेट पाउने सुचिमा अगाडी रहेको समेत कांग्रेस निकट श्रोत बताउछ |नेपाली कांग्रेसको स्थानीय राजनीतिमा लामो समय देखि निरन्तर क्रियाशील लामिछाने आफ्नो कमि कमजोरीलाई समेत मुल्यांकन गर्न सक्ने खुबी भएको नेता मध्य एक नेता हुन् |