बुढानिलकण्ठ नगरपालिका को निमन्त्रणा

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Bhadra 28

हार्दिक निमन्त्रणा
“ संविधानको सफलताको कामना गरौं, वृहत नगरसफाईमा सहभागी होऔं”
श्री...................................................
.................................................... ।

नेपालको इतिहासमा पछिल्लो ऐतिहासिक उपलब्धी को रुपमा प्राप्त भएको नेपालको संबिधान २०७२ को घोषणा भएको बि.स. २०७४ असोज ३ तेस्रो वर्ष शुरु भएको शुअवसरमा संविधान को सफल कार्यान्वयनमा सफलता प्राप्त गर्दै शुशासन दिगो पुर्वाधार बिकास र नेपालको आर्थिक सम्मृद्दिको अभियानमा छिटो उपलब्धी हासिल गर्न सफल्ता मिल्ने अपेक्षाका साथ सबै नगरबासीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
यसै सन्दर्भमा आम नगरबासीहरुको सामुहिक सहभागितामा असोज ३ गते बिहान ७ बजे देखि ९ बजे सम्म २ घण्टा मात्र अन्य कुनै कार्यक्रम नराखी वडा समितिहरु र आ-आफ्ना टोल समिति र सम्बन्धित सामाजिक संस्था हरुको बैठक र योजना सहित प्रभावकारी रुपमा सहभागिता जनाई नगर टोल सफाई गर्ने र संविधान दिवश, बिजया दशमी, तिहार, छठ लगायत राष्ट्रिय चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्दै नगरपालिकाको बृहत सफाई अभियानमा सकारात्मक ऐक्यवद्दता जनाई दिनुहुन हार्दिक आमन्त्रण गर्दछौं ।
हाम्रो परम्परा अनुसार बर्षातको अन्त, हिउँद र शरद ऋतुको शुरुवात साथै राष्ट्रिय चाडपर्व हरुको स्वागत गर्दै आ-आफ्ना घर टोल क्षेत्रहरुमा सरसफाई गर्दै खुसी र उज्यालोको आगमनको कामना गर्ने मौलिक परम्परालाई कायम राख्दै नगरको बिभिन्न वडाहरुको भौगोलिक अवस्था र परिस्थिती अनुसार सरसफाई गर्ने योजना बनाई नगरको योजनामा सहभागी हुन नगरभित्र संगठित क्रियाशिल सम्पुर्ण सामाजिक संघ सस्था,संगठन, समिति समुहलाई हार्दिक आव्हान गरिएको छ ।
अन्तमा, नगरपालिकाको निर्वाचन भएको १०० दिन पुरा भैसकेको छ । आर्थिक बर्षको अन्त, नयाँ कार्यक्रम निर्माण मा लाग्नु पर्ने, नयाँ बिकास संचालन गर्न नसकिने मध्य बर्षाको अवस्था ,ऐन नियमको अभाव, कर्मचारीहरुको कमीका बाबजुद पनि नगरको शुशासन योजना निर्माणका साथै नगरका अल्पकालिन र दिर्घकालिन योजना निर्माणमा नगरबासीहरु बिच सकारात्मक छलफल सहित अगाडि बढ्दै रहेकोले आम नगरबासीहरु संग धैर्यता सकारात्मक सहभागिता, राय सल्लाह सुझाब मार्फत स्थानीय सरकारको कार्यक्रममा ऐक्यबद्दता प्रकट हुने अपेक्षा सहित शुभकामना र ३ गतेको कार्यक्रममा योजना सहित सहभागिताका लागि आमन्त्रण गर्दछौं ।
साथै २०७४को बिजया दशमी, शुभदिपावली, छठ र आउने ल्होसारको हार्दिक शुभकामना सहित शुशासन, पूर्वाधार बिकास र आर्थिक सम्मृद्दीको अभियानमा नगरबासीहरुलाई सफलताको कामना गर्दछौ ।

बुढानिलकण्ठ नगरपालिका परिवार
२०७४ भाद्र २६ गते