मानव तस्कारी र बेच बिखन नियन्त्रण गर्न इन्टरपोलको बैठक

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Shrawn 26

नेपालको स्रोतबाट वा बाटो बनाएर बढ्दो मानव तस्करी र बेचबिखन नियन्त्रण गर्न INTERPOL Regional Office, Singapore र INTERPOL Nepal (NCB Kathmandu) को संयुक्त समन्वयमा South र South East Asia को ८ (आठ) वटा सदस्य राष्ट्रहरु नेपाल, भारत, बाँग्लादेश, भुटान, श्रीलंका, थाईल्याण्ड, म्यान्मार र फिलिपिन्स बीच समस्या पहिचान र न्यूनीकरण गर्न Project Relay अन्तर्गत मिति २०७४।०४।२३ र २४ गते काठमाडौंमा TNA(Training Needs Assessment) तथा समस्याको पहिचान सम्बन्धि क्रार्यक्रम प्रस्तुति र अन्तरक्रिया क्रार्यकम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपालमा गैरकानूनी ढंगले आवागमन गर्ने नेपाली र बिदेशी नागरिकहरुको पहिचान गरी कानूनी दायरामा ल्याउन सम्बन्धित पक्षहरु नेपाल प्रहरी, अध्यागमन बिभाग, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण, भन्सार बिभाग, NCB काठमाण्डौका प्रतिनिधिहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

यस Project Relay अन्तर्गत INTERPOL Nepal (NCB Kathmandu)ले Migrant Smuggling को अपराध संजाल तोड्न अपराध न्यूनीकरण र Database तयार गर्न सक्रिय भूमिका निर्वाह गर्नेछ ।
श्रोत नेपाल प्रहरी