दिगो विकास र समृद्दी प्राप्त गर्न नगरपालिका, निजि क्षेत्र र गैह्र सरकारी संस्थाहरु सँग सहकार्य गर्दै

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Bhadra 29

नेपालको संविधान २०७२ ले स्थानीय सरकारको मातहतमा माध्यमिक तह सम्मको शिक्षा रहने गरी व्यवस्था गरेको छ। शिक्षा विकासको महत्वपुर्ण पुर्वाधार हो र यसलाई संविधानमा पनि मौलिक हकको रुपमा उल्लेख गरिएको छ। बूढानिलकण्ठ नगरको शिक्षालाई गुणस्तरीय बनाउन हामी पुर्ण प्रतिबद्द छौँ।
कुनै पनि सुधार गर्नको लागी त्यस क्षेत्रको वर्तमान अवस्था बारे जानकारी राख्नु पर्दछ। तथ्याङ्कमा आधारीत नीति निर्माण गर्दा मात्र सहि अर्थको विकास गर्न सकिन्छ भन्ने हाम्रो मान्यता रहेको छ। सोही अनुरुप नगरपालिका क्षेत्रको शैक्षिक अवस्थाको अध्ययन गर्न 'असर' (ASER) नामको सारवजनिक शैक्षिक सर्वेक्षण अङ्ग्रेजीमा Annual Status of Education Report (ASER) सञ्चालन गर्ने प्रयोजका लागी आज मिति २०७४ भाद्र २८ गते 'बूढानिलकण्ठ नगरपालिका' र 'गल्ली गल्ली' गैर नाफामुलक संस्थाको बिचमा प्रारम्भिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ।
कार्यक्रमका उदेश्यहरु निम्न अनुरुप रहेका छन्।
• नगर क्षेत्रमा रहेका विद्यालयहरुमा उपलब्ध भौतिक संरचनाहरुको विवरणहरु जस्तै कक्षाकोठाहरू, शौचालयहरू, कम्प्युटर, शैक्षिक सामाग्रीहरू आदि, विद्यालयको ब्यवस्थापन, विद्यार्थीको अवस्था, खानेपानी, सरसफाई र स्वास्थ्यको सुविधाहरूको उपलब्धता र विद्यालयमा आधुनिक शिक्षा प्रणालीका लागि आवश्यक ईन्टरनेट, विजुली, टेलिभिजन र अन्य सुविधाहरूको उपलब्धताको बारेमा थाहा पाउने ।
• निश्चित छनौटमा परेका घरधुरीमा रहेका बालबालिकाहरुको अध्ययनमा प्रभाव पार्न सक्नेसामाग्री तथा स्रोतहरू जस्तै कम्प्युटर, टिभी, मोटरसाईकल, विजुली आदि, अभिभावकको पढाईको स्तर र त्यसको बालबालिकाको सिकाईमा प्रभावको बारेमा जानकारी संकलन गर्ने ।
• उक्त छानिएका घरधुरीमा रहेका विद्यालय जाने उमेरका बालबालिकाहरू विद्यालय जान्छन कि जादैनन थाहा पाउने, उनीहरुले अंग्रेजी र नेपालीमा अक्षर चिन्न सक्ने क्षमता, शब्द पढने क्षमता, वाक्य र अनुच्छेद पढने क्षमता र पढेको कुराको बुझाई, व्यवहारिक जीवनका लागि आवश्यक आधारभुत हिसाब गर्न सक्ने क्षमता भए नभएको जाँच गर्ने ।
यस सर्वेको क्रममा हामी १५६ जना स्थानीय युवालाई ३ दिवसीय तालिम मार्फत प्रशिक्षित गरि युवापुस्तालाई सामाजिक विकास सँग जोड्ने अभियान पनि शुरु गर्दैछौँ।
अन्तराष्ट्रिय रुपमा १३ वटा देशमा सञ्चालन भईरहेको यस सर्भै नेपालमा पहिलो पटक सुरु गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। र यसले सकारात्मक परिवर्तनमा सहयोग गर्नेछ भन्ने आशावादी छौँ।
साथै, आगामी दिनमा पनि नगरपालिकामा शुशासन, दिगो विकास र समृद्दी प्राप्त गर्न नगरपालिका, निजि क्षेत्र र गैह्र सरकारी संस्थाहरु सँग सहकार्य गर्दै अगाडी बढ्ने छौँ।
उक्त हस्ताक्षर कार्यक्रम मा बूढानिलकण्ठ नगरपालिका को प्रमुख उद्धव खरेल , उप- प्रमुख रमा देवी राई, कार्यक्रारी अधिकृत बिस्व राज मरासेनी तथा संस्था का प्रतीनिधी हरुन्को उपस्थिती रहेको थियो ।