चुनावी प्रचारप्रसारका क्रममा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा घाइते

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 18

काठमाण्डू बूढानिलकन्ठ नगरपालिका वडा-२ भंगालमा चुनावी प्रचारप्रसारका क्रममा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा घाइते भएको प्रहरीले जनाएको छ।

घटनामा अरु ९ जना पनि घाइते भएको बताइएको छ।

उनीहरुको काठमाण्डूस्थित महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए।

उनको कान र ढाडमा बमको छर्रा लागेको बताइएको छ।

थापा काठमाण्डू क्षेत्र नम्बर ४ का लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।
बूढानिलकण्ठ नगरपालिका वडा-२ भंगालमा घरदैलो कार्यक्रममा सहभागी भइरहेका बेला बम विस्फोट भएको थियो।

उक्त बम बिस्फोट मा ९ जना घाइते भएका छन । घटना स्थलका प्रत्यक्षदर्शीले भने घर दैलो कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट गरेको र वरिपरी रहेका घरहरुका झ्याल्का सिसाहरु फुटेको तथा बम बिस्फोट पस्चात मानिसहरु हताहत भएको जानकारी दिएको छ ।
बिस्फोटमा परी घाइते हुने व्यक्ती हरु यस प्रकार रहेका छन ।
पूर्ण बहादुर स्थापित ,राम बरुवाल ,श्याम कृष्ण श्रेष्ठ ,सुमन खड्का ,रबिना कार्की ,जयराज लामिछाने ,राज काजी श्रेष्ठ ,धुर्व खड्का ,काँशी लाल श्रेष्ठ

[[IMAGE_ALT]] [[IMAGE_ALT]]