क्षेत्र न ४ का उम्मेद्वार डा. राजन भट्टराईको घर दैलो, नव प्रवेशी कार्यकर्ता को लर्को

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 6

बामगठबन्धन क्षेत्र नम्बर -४ का प्रधिनिधि सभाका उम्मेद्वार डा राजन भट्टराई र प्रदेस सभा (ख) का कुसुम कुमार कार्की बुढानिलकण्ठ तौलुङ् वडा नम्बर १ मा घर दैलो कार्यक्रम मा सहभागी भएका थिए । आज भएको उक्त घर दैलो कार्यक्रम मा उल्लेख निय जन समुदाय को सहभागिता रहेको थियो भने आज बिहान वडा-१ को पार्टी कार्यलयको उद्द्घाटनका साथै ने कपा एमालेमा प्रवेश गर्नु भएको नव प्रवेशी कार्यकर्ताहरुलाई प्रधिनिधि सभा उम्मेद्वार डा. राजन भट्टराइ तथा प्रदेश सभा उम्मेदवार कुसुम कार्कीले स्वागत गर्नु भएको थियो । स्थानियको सहभागिता देखेर उत्त्साहिक हुनु भएका उम्मेद्वार डा राजन भट्ट्राईले कार्यक्रममा क्षेत्रीय तथा राष्ट्रीय योजनाका कुराहरुलाई उल्लेख गर्दै ,उक्त योजना हरु लाई पूर्णता दिने स्थानिय माझ प्रतिवद्धता जाहेर गर्नु भएको छ । पार्टी प्रवेश्,कार्यलय उद्घाटन तथा घर दैलो कार्यक्रम वडा-१ का अध्यक्ष सुरेन्द्र लामा को संयोजकत्वमा भएको थियो ।

[[IMAGE_ALT]]