राष्ट्रिय तेक्वान्दो टोली मलेसिया प्रस्थान

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Ashad 14

१३ असार २०७४ । काठमाण्डौ, Students Olympic Council, Asia र Malaysian Students Olympic Association को संयुक्त आयोजनामा २९ जुन देखि १ जुलाई २०१७ सम्म मलेसियामा हुन गइरहेको 3rd Students Olympic International Games 2017 मा सहभागी हुनको लागि राष्ट्रिय तेक्वान्दो संघ–नेपालको १० सदस्य टोली २८ जुन २०१७ मा मलेसिया प्रस्थान ।

संघका अध्यक्ष शिव कोइराला, प्रमुख प्रशिक्षक तथा वरिष्ठ उपाध्यक्ष एकनाथ थापा र कोषाध्यक्ष पदम रानाले अफिसियल तथा खेलाडीहरुलाई संघको केन्द्रीय कार्यालयमा विदाई गर्नुभयो । टिमको नेतृत्व Nepal Students Olympic Association का अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ– नेपालका महासचिव राज कुमार कार्कीले गर्नुहुनेछ । यस संघका उपाध्यक्ष हरी बहादुर बुढाथोकीले उक्त प्रतियोगितामा जुरीको भूमिका निर्वाह गर्नेछन र टिम व्यवस्थापकको जिम्मेवारी यस संघका केन्द्रीय सदस्य गोकर्ण कुँवरले गर्नुको साथै टिम कोचको भूमिका धर्मेन्द्र बाँनिया अग्रहरीले निर्वाह गर्नुहुनेछ । क्योरुगी तर्फ तपन कुमार केवट (५० के.जी), रवि अधिकारी (५३ के.जी), क्षितिज पाण्डे (४६ के.जी), शुक्र बहादुर वि.क. (६० के.जी), बिमला तामाङ्ग (४५ के.जी भन्दा तल) र सञ्जय कवर(५८ के.जी) रहेका छन् साथै सोही टिमले सिङ्गापुरमा हुने तेक्वान्दो सेमिनारमा समेत सहभागिता जनाउनेछन् ।

संघका अध्यक्ष र प्रमुख प्रशिक्षकले खेलाडीहरुको मनोबल बृद्धि गराउँदै राष्ट्रको शिर उच्च राख्न प्रतियोगिताको लागि अग्रिम शुभकामना दिनु भएको छ ।