बिदा भए बुढानिलकण्ठ नगरपालिकाबाट विश्वराज मरासेनी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashwin 23

बुढानिलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृत रहदै कार्य गर्दै आएका विश्वराज मरासेनी आज बाट बुढानिलकण्ठ नगरपालिका बाट बिदा भएका छन् | नगरपालिका बाट स्थानीय विकास मन्त्रालयमा सरुवा भएका मरासेनीको स्थानमा लिला अधिकारी बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रसासकिय
अधिकृत भएर कार्यभार सम्हाल्दै छन् बुढानिलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृत रहदै कार्य गर्दै आएका विश्वराज मरासेनी आज बाट बुढानिलकण्ठ नगरपालिका बाट बिदा भएका छन् | नगरपालिका बाट स्थानीय विकास मन्त्रालयमा सरुवा भएका मरासेनीको स्थानमा लिला अधिकारी बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रसासकिय
अधिकृत भएर कार्यभार सम्हाल्दै छन् |विश्व मरासेनीले आफ्नो कार्यकालमा बुढानिलकण्ठ नगरपालिकालाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा बुढानिलकण्ठ नगरपालिकाको प्रसासनिक भवन निर्माण लगायतका उल्लेखनीय कार्य गरेका थिए | सर्बदलीय संयन्त्रका प्रतिनिधिहरुसंग रहेर र बुढानिलकण्ठ नगरपालिकाको मेयर संग रहेर काम गरेका मरासेनीले बुढानिलकण्ठ नगरपालिकाको विकासको सम्भावनाको बिभिन्न पाटाहरुमा कार्य सुरुवात समेत गरेका थिए | बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको आजको बिदाई कार्यक्रममा नगर प्रमुख उद्धवप्रसाद खरेलले विश्व राज मरासीनिले निभाउनु भएको भुमिका प्रति धन्यवाद दिँदै अबको नयाँ यात्राको लागी शुभकामना समेत दिनु भयो। कार्यक्रममा नगरपालिकाका पदाधिकारी, कर्मचारी, विषयगत शाखाका कर्मचारी लगायतको उपश्थिती रहेको थियो।
यस अघी कार्यकक्षमा नै विश्वराज मरासीनिलाई नगरका प्रमुख राजनितिक दलका प्रतिनिधी हरुले बिदाई गरेका थिए।
प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी आजै आफ्नो पदभार ग्रहण समेत गर्नु भएको छ। कार्यक्रममा बोल्दै मरसेनिले सम्भावना बोकेको बुढानिलकण्ठ नगरपालिकामा काम गर्न पाउनु र आफ्नो कार्यकाल अविस्मरणीय बनाउन सहयोग पुर्याउने सम्पूर्ण नगरबासी कर्मचारी लगायत लाई धन्यबाद दिएका थिए |