प्रदेश तथा प्रतिनिधि सभाका लागि दोस्रो चरणको मतदान शुरु

[[IMG_ALT]]

www.bsgnews.com | National News | Mangshir 21

नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको समाप्तिपछि गणतान्त्रिक शासन व्यवस्था लागू भएयता पहिलो पटक भइरहेको आमचुनाव अन्तर्गत प्रदेश तथा प्रतिनिधि सभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ।

४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेका चुनावमा समानुपातिक र प्रत्यक्ष चुनाव प्रणाली अन्तर्गत १० हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, "बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको छ। सबै ठाउँमा मतदान शुरु भएको हामीले जानकारी पाएका छौँ।"

हाम्रा संवाददाताहरुका अनुसार प्रमुख दलका शीर्षस्थ नेताले आ-आफ्नो क्षेत्रमा मतदान गर्ने क्रम जारी छ।

निर्धक्क भएर मतदान गर्न आग्रह

मतगणना ८ दिनभित्रै सक्ने आयोगको ‘लक्ष्य’
सुरक्षा

प्रतिनिधि सभाका १ सय २८ र प्रदेश सभाका २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।

दोस्रो चरणको चुनावमा १ करोड २२ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेको आयोगले जनाएको छ।

११ दिनअघि प्रदेश तथा प्रतिनिधि सभाका लागि पहिलो चरणको चुनाव भएको थियो।

झण्डै दुई दशकपछि यसै वर्ष नेपालले तीन चरणमा स्थानीय तहका चुनाव सम्पन्न गरेको थियो।
मतगणना

झण्डै ८ हजार मतदान स्थलको १५ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

चुनानसम्बन्धी सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ।

चुनावी सुरक्षालाई मध्यनजर गर्दै भारतसँगका सीमा-नाकाहरु यसअघि नै बन्द गरिसकिएको छ।

मतदान सकिनासाथ मतपेटिकाहरु संकलन गरेर सदरमुकाम पुर्‍याइने र मतगणना शुरु गरिने आयोगले बताएको छ।