गैरकानुनी Bitcoin कारोवार गर्ने ७ जना व्यक्तिहरु पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Ashwin 22


काठमाडौं, २० असोज
नेपाल राष्ट्र बैंकको आदेश विपरीत गैरकानुनी Bitcoin कारोवार गर्ने गिरोहका ७ जनालाई केन्द्रीय अनुसन्धान व्युरोको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली कल्पवृक्ष–४ घर भई काठमाडौं महानगरपालिका बानेश्वर बस्ने ३८ बर्षीय ज्ञान प्रसाद पौडेल, अर्घाखाँची खन–७ घर भई काठमाडौं महानगरपालिका बानेश्वर बस्ने माधव खनाल, काठमाडौं घर भई काठमाडौं महानगरपालिका भाटभटेनी बस्ने २५ बर्षीय प्रशान्त प्रताप शाह, नुवाकोट वेलकोट–५ टी–गाउँ घर भई काठमाडौं महानगरपालिका कलंकी बस्ने २४ बर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भएका ४४ बर्षीय मिङमार तामाङ, काठमाडौं महानगरपालिका घर भई ललितपुर हरिसिद्दी बस्ने ४८ वर्षीय दमन बस्नेत र रुपन्देही उपमहानगरपालिका–११ घर भएका मनिष कुमार गिरी रहेका छन् ।
उनीहरुले Bitcoin र Gravity Coin लगायतका Cryptocurrency (एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली) वित्तिय उपकरण जारी गरी सोको अवैध किनबेच गरी विदेशी विनिमय समेत कारोबार गर्ने गिरोहहरुलाई उक्त कारोबार गर्नका लागि प्रयोग गरिएका मोबाइल तथा ल्यापटप लगायतका उपकरणहरुसहित विभिन्न समयमा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुलार्ई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम थप आवश्यक अनुसन्धान भईरहेको छ ।
श्रोत नेपाल प्रहरी