काठमाडौं क्षेत्र नं ५ ले प्रतिनिधि सभा निर्वाचनको लागि एमालेका महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मत

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashwin 18

नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ ले प्रतिनिधि सभा निर्वाचनको लागि एमालेका महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।नेकपा एमाले प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटि क्षेत्र नं ५ की संयोजक रत्ना गुरुङको अध्यक्षतामा बसेको बैठकले पोखरेलको नाम सिफारिस गरेको हो ।

ओखलढुंगा जिल्लाको तत्कालिन माम्खा गाविसमा पिता शिव कुमार पोखरेल र माता राम कुमारी पोखरेलका ८ मध्ये कान्छो सन्तानको रुपमा २०१० शाल माघ २२ गते जन्मिएका पोखरेल नेकपा माले र मार्क्सवादीको एकीकरण पछी बनेको नेकपा एमालेका पनि संस्थापक नेता हुन ।

२०२५ शाल बाट राजनीतिक आन्दोलनमा सहभागी भै २०३२ शाल देखि भूमिगत राजनीति सुरु गरेका पोखरेलले २०२७ शालमा रु ५ तिरी पार्टीको सदस्यता प्राप्त गरेका थिए ।त्यस समय पोखरेल नेपाल कम्युनिस्ट पार्टी (पूर्वी कोशी प्रान्तीय कमिटि ) को सदस्य बनिसकेका थिए ।२०२६ शालमा भारतले गरेको नाकावन्दीको विरोध गर्दा उनि १ महिना हिरासतमा समेत परेका थिए ।

२०२७ शालमा प्रवेशिका परिक्षामा सफल भएका पोखरेल प्रविणता प्रमाण पत्र तह र स्नातक तहमा अध्ययनरत समयमा पनि विद्यार्थी आन्दोलनमा सक्रिय रहेका थिए । उनि २०३३ शाल असोज ७ गते अखिल नेपाल क्रान्तिकारी को अर्डिनेसन केन्द्र (माले ) को केन्द्रिय सदस्य बनेका थिए ।

तत्कालिन नेकपा मालेका संस्थापक सदस्य रहेका पोखरेल नेकपा एमालेको ८ औ र ९ औ महाधिवेशनमा नेकपा एमालेको महासचिव पदमा निर्वाचित भएका थिए । हाल नेकपा एमालेको केन्द्रिय सचिवालयका प्रमुख रहेका उनि भूमिगत काल देखि नै विभिन्न जिल्ला र कार्य क्षेत्रमा सक्रियता पुर्वक निरन्तर क्रियाशील बन्दै आएका छन ।

२०५१ शालमा बनेको नेकपा एमालेको सरकारमा तत्कालिन प्रधान मन्त्रि मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार रहेका पोखरेलले अधिकारीको निधन पश्चात भएको उप चुनावमा काठमाडौं जिल्लाको तत्कालिन क्षेत्र नं ३ बाट सांसद बनेका थिए ।तत्कालिन रास्ट्रिय सभाको सदस्य समेत बनेका पोखरेल पटक पटक मन्त्रि पनि बनेका थिए ।

शिक्षा र साहित्यमा त्रिभुवन विश्व विद्यालय बाट स्नातक गरेका पोखरेलले माघ १९ नामक पुस्तकको लेखन गरेका छन भने विस्वका विभिन्न देशमा भएका विकास र राजनीति सम्बन्धि कार्यक्रममा सहभागिता समेत जनाएका छन ।

२०६४ र २०७० शालको संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ मा झिनो मत अन्तरले पराजित पोखरेल पुन सोहि क्षेत्रको उम्मेदवार बनेका छन ।अहिले विगतको हारको कारण पहिल्याउदै जनताको घर दैलोमा पुगिरहेको एमाले काठमाडौं जिल्लाका एक नेताले बताए ।स्थानीय तहको निर्वाचनमा टोखा र बुढानिलकण्ठ नगरपालिकामा एमालेको जितको कारण अव पोखरेललाई केहि सहज हुने ति नेताले बताए।