सलमान खान दोषी ठहर

[[IMG_ALT]]

b s g news | Entertainment | Chaitra 22

भारतको एक अदालतले बलिउडका सबभन्दा चर्चित मध्येका एक अभिनेता सलमान खानलाई २० वर्ष अगाडि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको छ।

'हम साथ साथ हैं' नामक एक फिल्मको छायाङ्कनको बेला पश्चिमी राज्य राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो।खानले एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा दुइटा कृष्णसार मारेका थिए।

उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।

खानले अब एकदेखि छ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ।तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।

खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भई कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो।

यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए।जनावर सिकार गरेको अभियोग यी अभिनेतालाई लागेको यो चौथोपटक हो।

सन् १९९८ मा 'हम साथ साथ हें' चलचित्रको छायाङ्कनका बेला दुर्लभ कृष्णसारको सिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको थियो।

यसअघिका तीन वटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए।