स्वेच्छिक अभिभावक बन्न आह्वान

[[IMG_ALT]]

www.bsgnews.com | National News | Chaitra 27


२७ चैत,काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानून मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

यसअघिका सचिव कमलशाली घिमिरे अवकाश भएपछि रिक्त रहेको स्थानमा गौतम सरुवा भएका हुन् ।त्यस्तै कानून मन्त्रालयका सहसचिव डिल्ली घिमिरेलाई सचिवमा बढुवा गरि प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको सूचना तथा सन्चार राज्यमन्त्री गोकुल बास्कोटा जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बसेको बैठकले सो निर्णय गरेको हो ।

स्वेच्छिक अभिभावक बन्न आह्वान

बैठकले शिक्षाको अवसरबाट बन्चित भएका बालबालिकालाई खोजेर विद्यालय भर्ना गर्न र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीदेखि राजनीतिक दलका पदाधिकारी तथा पेशाकर्मीले कम्तिमा एक बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्नका लागि यो निर्णय भएको हो ।

आर्थक रुपले विपन्न,सीमान्तकृत र लोपोन्मुख समुदायका वालवालिका शिक्षाबाट बन्चित नहुन् भनेर सरकारले स्वेच्छिक अविभाावकत्वको अभियान चलाउन खोजेको राज्यमन्त्री बास्कोटाले बताए । यो अभियानबाट कम्तिमा ५० हजार बालवालिका विद्यालय जान सक्ने उनले बताए ।

सरकारले आधारभूत तहको विद्यालय शिक्षा निःशुल्क गरेको छ । किताव र शुल्क निःशुल्क भए पनि उनीहरुको पोशाक,स्टेशननरी, झोला,छाता लगायतका आधारभूत आवश्यकता पूरा गर्न स्वेच्छिक अविभाकत्वको योजना ल्याइएको हो ।

अब केन्द्रदेखि स्थानीय तहसम्मका सबै सरकारी पदाधिकारी, कर्मचारी, शिक्षक, लगायत सबै पेशाकर्मीले त्यस्ता एक विद्यार्थीको अविभावकत्व लिनेछन् ।

नागकिद्धारा नागरिकको उत्तरदायित्व ग्रहण गर्ने नीति सरकारले लिएको बास्कोटाले बताए । प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मले कम्तिमा एक बालबालिकको अभिभावकत्व ग्रहण गर्ने शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए