काठमाडौं क्षेत्र न -४ मा गगन थापा र राजन भट्राई बिच प्रतिस्पर्धात्मक परिणाम

[[IMG_ALT]]

BSGNEWS | Nagar News | Mangshir 22

पहिलो अपडेट सार्वजनिक हुँदा राजन अघि थिए भने दोस्रो अपडेटमा गगन अघि आए । तेस्रो पटक मतपरिणाम सार्वजनिक हुँदा राजन अघि थिए । अहिले फेरि गगन थापा अगाडि आएका छन् । थापाले ६ हजार ४ सय ५१ मत ल्याएका छन् । राजनले ६ हजार ३ सय ७७ मत ल्याउँदै थापालाई पछ्याइरहेका छन् । अहिलेसम्म काठमाडौं ४ को १३ हजार ७ सय ३१ मत गणना भएको छ ।