बाम गठबन्धन तानाशाह सरकार तर्फ उन्मुख - प्रधानमन्त्री तथा नेपाली कंग्रेस सभापती देउवा

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 14

काठमाडौं क्षेत्र न- ५ को चुनावी आम सभामा बोल्दै प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापती शेर बहादुर देउवाले बाम गठबन्धन तानसाह सरकार निर्माणको लागी अग्रसर रहेको आरोप लगाउनु भएको छ । चुनावी सभा लाई सम्बोधन गर्ने क्रममा नेपाली जनताले लोक तान्त्रीक गठबन्धन र नेपाली कंग्रेस लाई बहुमत प्राप्त गरि जित हुने मा निस्चिन्च्त हुन भन्दै आफ्ना कार्यकर्ता लाई सम्बोधन गरेका थिए ।
उक्त चुनावी सभा मा काठमाडौं क्षेत्र न ५ का प्रतीनिधी सभाका उम्मेद्वार डा प्रकाश शरण महत , नेपाली कंग्रेस का नेता शषांक कोईराला , प्रकाशमान सिंह ,बालकृष्ण खांड रा प्र पा का पशुपती शमसेर जब रा , तथा अन्य उम्मेद्वार हरु को उपस्थिती रगेको थियो । चुनावी आम सभलाईइ सम्बोधन गर्ने क्रममा काठमाडौं क्षेत्र न ५ का उम्मेद्वार डा प्रकाश शरण महतले आफु लाई यस क्षेत्र का जनताले मतदान गरी बिजयी गराउनेमा बिश्वस्त रहेको र आफुले राष्ट्रीय राजनिती मा निभाएका भूमिका र राष्ट्र का लागी गरेका कार्य हरुको मुल्यांकन जनता गर्ने बताउनु भएको थियो ।बाम गठबन्धन पस्चात प्रजातन्त्र र राष्ट्र जोगाउनु को निमित्त लोक्तान्त्रीक गठबन्धन अपरिहार्य रहेकाले लोक्तान्त्रीक गठबन्धन भएको र लोक्तान्त्रीक गठबन्धनका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वार लाई बिनयी गराउन अपिल राप्रापा को बरिष्ठ नेता पशुपती शम्सेर जबराले गर्नु भएको थियो । चुनाबीसभा लाई मनोरञ्जनात्मक बनाउन राष्ट्रिय स्तरका कलाकारहरु उपस्थित भएका थिए |

[[IMAGE_ALT]] [[IMAGE_ALT]]