धन्यवादका पात्र म्यादी प्रहरीहरु

[[IMG_ALT]]

Article by Sabin Pradhan | Nagar News | Poush 8

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठद्वारा आयोजित म्यादी प्रहरीहरुलाई बिदाई कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथी प्रहरी प्रभागका प्रमुख शेर बहादुर चन्द द्वारा प्रमाणपत्र वितरण तथा फुलमाला, खादा र शुभकामना सहित सम्पन्न गरिएको थियो। कार्यक्रम मा बोल्दै प्रह्री निरिक्षक चन्दले म्यादी प्रहरीहरु लाई उज्ज्वल भविस्यको शुभकामना साथै प्रहरी संगठनमा रहँदा जानेका, सिकेका ,कुराहरु लाई आफ्नो सामाजिक जिवनमा प्रयोग गर्न तथा प्रहरी संगठनलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
५५दिनका लागि खटिएका म्यादी प्रहरीहरु बिदाईका क्रममा खुसीमा देखिन्थे। नेपाल प्रहरी संगै रहेर काम गर्दाका समयहरु जिवनमा निकै महत्वपूर्ण रहेको केही म्यादी प्रहरीहरुले बताउनु भएको थियोे। देशले चाहेको बेलामा शान्ति सुरक्षापुर्ण चुनाव सफल भएकोमा जिम्मेवारि पूरा भएको पनि खुशी थिए। नेपाल प्रहरीका दायरा, अनुशासन, जिम्मेवारी, सामुहिक भावना,मेलमिलापका कुराहरु, जस्ता विभिन्न व्यबहारिक कुराहरु पनि छोटो समयमा सिक्न पाएको बताउनु भएको थियो। यस अवधि भर परिवार जस्तै भएर बस्न पाएकोमा नि छुट्टै आत्मियताहरु रहेको म्यादी प्रहरीहरुको भनाइबाट बुझ्न् सकिन्थ्यो। कसै अलिक भाबुक भएको पनि देखिन्थे भने कसैलाई जिम्मेवारि पूरा भएकोमा गौर्वाम्वित महशुस गरेको देखिन्थे। यस्तै मिश्रित रहेको थियो उक्त कार्यक्रम र म्यादी प्रहरीहरुको तर्फबाट पनि प्रहरी प्रभागलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो।
आगामी दिनहरुमा फेरि आफ्नै दैनिकी जिवन कोहि अध्ययन, व्यापार, पशुपालन तर्फ निरन्तरता दिने बताएका थिए।

अत यस अवधीभर कार्यरत सम्पुर्ण म्यादी प्रहरी हरु धन्यवादका पात्र हुन। अधिकाश युवा वर्गका साथीहरु देशलाई आवश्यकताको बेलामा तपाईंहरु दिनरात तत्पर निरन्तर शान्ती सुरक्षाका लागि खटिनुभएको यस काम अमुल्य रहेको छ ।

[[IMAGE_ALT]]