प्रथम किशुनजी स्मृति भेट्रानकप फुटबलमा मध्यपुर भेट्रानको बिजयी सुरुवात
![[[IMG_ALT]]](/webroot/img/images/bf6e1545c149db7c700846c9ab9bede6fc9890ab.jpg)
www.bsgnews.com | Sports | Ashwin 1
प्रथम किशुनजी स्मृति भेट्रानकप फुटबलमा मध्यपुर भेट्रानको बिजयी सुरुवात
सदाबहार खेलखुद समाजको आयोजनामा बुढानिलकण्ठ नगरपालिकामा रहेको कपन ह्याण्डबल मैदानमा संचालन भएको प्रथम किशुनजी स्मृति भेट्रानकप फुटबल प्रतियोगिता माननीय संसद तथा पुर्ब स्वस्थ मन्त्रि गगन थापाको प्रमुख अतित्यथामा संचालन भएको कार्यक्रममा बोल्दै किशुनजी लाई नया पुस्ताले बिर्सिदै गएकोमा किसुनजी लाई सम्झाउने यस्ता प्रतियोगिताको महत्वो बेग्लै हुने पूर्व मन्त्रि गगन थापाले बताए |
उत्घाटन खेलमा मध्यपुर भेट्रानले हात्तीगौडा भेट्रान लाई हराउदै बिजयी सुरुवात गरेको छ | पूर्व राष्ट्रिय खेलाडीहरुले भरिएको मध्यपुर भेट्रान नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एबं गोल रक्षक् उपेन्द्रमान सिंहको नेतृत्वमा मैदानमा पसेको थियो | नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ पूर्व खेलाडी सल्यान खड्गी समाबेश भएको टिम मध्यपुर भेट्रानले हात्तीगौडा भेट्रान माथि १५-० को गोल अन्तर कामय गरेको थियो | खेलमा राकेश श्रेष्ठ ९ गोल गर्दै सर्बाधिक गोलकर्ता हुने सम्भावनालाई कायम गरे |
हत्तिगौडा भेट्रानका टिम ब्यबस्थापक राजु भण्डारीले पूर्व राष्ट्रिय खेलाडीहरु संग खेल्ने अवसर जुटेकोमा आयोजकलाई धन्यवाद दिदै हार लाई सहज तरिकाबाट लिने बताए |
![[[IMAGE_ALT]]](/webroot/img/images/f761152685c5a3a2490d29c3a838ea3b1ac31197.jpg)
![[[IMAGE_ALT]]](/webroot/img/images/3ac16582a4247ee1191055e5683bf34f60758620.jpg)