जोमसोम सडकखण्ड पुर्णरुपमा अबरुद्द

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Ashad 24

मिति २०७४।०३।२२ गते राति परेको बर्षातबाट काली गण्डकी नदिको पानीको बहाव बढ्नगई जिल्ला म्याग्दी, अन्नपुर्ण गाउपालिका- ०६ भिरकाटे स्थित बेनी-‍ जोमसोम सडकखण्डको अं ३० मि. सडक पानीले कटान गरी उक्त सडक पुर्णरुपमा अबरुद्द भएकोमा सरोकारवाला निकायहरुको समन्वयमा ग्याबिन जाली लगाउने कार्य भईरहेको छ ।

भोलीसम्ममा उक्त सडक मर्मत कार्य पुरा भई यातयात सुचारु हुनसक्ने, हाल जोमसोम र बेनी तर्फ आउने यात्रुहरुलाई बेनीबाट भिरकाटे सम्म र भिरकाटेबाट अर्को गाडीद्वारा जोमसोम सम्म लैजाने/ल्याउने व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।