नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त

[[IMG_ALT]]

www.bsgnews.com | National News | Chaitra 27

काठमाडौं । नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । त्यस्तै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । आज बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले खनाललाई महानिरीक्षक (अाईजीपी)मा बढुवा गर्ने निर्णय गरेको हो । अाईजीपी प्रकाश अर्यालसहित एआईजीहरुले भोलीबाट अबकश पाउँदै छन् ।

२०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालसँगै उनकै ब्याजका रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतका डिअाईजीहरुले प्रतिस्पर्धा गरेका थिए । कार्यक्षमता,कार्यसम्पादन मुल्याङ्कन र र सिनियरितीको आधारमा एक नम्वरमा रहेका खनाललाई सरकारले अाईजीपी बनाएको हो।

प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए । प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्बदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ दोहोर्याएको छ ।