बुढानिलकण्ठ नगरपालिका वडा न ५ मा अज्ञात समुह द्वारा मोटरसाइकल र गाडीमा आगजनी

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 8

बुढानिलकण्ठ नगरपालिका वडा न ५ मा अज्ञात समुहले मोटरसाइकल र गाडीमा आगजनी गरेको छ । | २०७४/८/८ गते बिहान ३ बजे देखि ४ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा ५ को कार्की टोलमा पार्किंग गरि राखिएको सवारी साधनमा अज्ञात समुहले आगजनी गरेको छ | बिहान गरिएको आगजनीबाट एउटा मोटरसाइकल पूर्ण क्षती भएको छ भने संगै राखेको पर्यटकीय प्रयोजनको कारमा समेत क्षति पुगेको छ | घटनाको प्रकृति हेर्दा बन्दको समयको फाइदा उठाई पुरानो रीसिबी फेरेको हुनसक्ने अनुमान स्थानीयले लगाए | बूढानिल्कण्ठ प्रहरी प्रभागमा खबर गरिसकेको र उक्त घटनाको बारे अनुसन्धान भैइरहेको जानकारी महनगरिय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक शेर बहादुर चन्द्ले जानकारी गराउनु भएको छ ।

[[IMAGE_ALT]]