तामेलदार (खरिदार) घुस रकम सहित नियन्त्रणमा

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Bhadra 27

घुस रकम सहित नियन्त्रणमा लिइएको।
-----------------------------------------------
काठमाण्डौ जिल्ला अदालत, बबरमहल, काठमाण्डौमा कार्यरत तामेलदार (खरिदार) शूर्य प्रकाश परियारले म्याद तामेल गर्ने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने उजुरी एवम् निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले निजलाई रु.३५,०००/- (पैंतीस हजार) घुस रकम लिदै गर्दाको अवस्थामा बुढानीलकण्ठ बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

[[IMAGE_ALT]]