आ.ब ७५/७६ को लागि योजना माग्दै वडा अध्यक्ष्

[[IMG_ALT]]

b.s.g news | Nagar News | Chaitra 8

बुढानिलकण्ठ नगरपालिका वडा न ५ का वडा अध्यक्ष् विजय तामांग आफ्ना सदश्यहरु संग अहिले वडाका टोल टोल पुगिरहेका छन् | बुढानिलकण्ठ नगरपालिकाको आर्थिक बर्ष ७५/७६ को लागी योजनाहरु संकलन गर्न वडाको सबै टोलमा गएर त्याँहा आबश्यक रहेका योजनाहरुलाई प्राथामिकतामा राखेर काम गर्न सहज हुने भएकाले वडाको टोल टोल मा गएर योजना संकलन गर्नु परेको वडाका जनप्रतिनिधि बद्रि प्रसाद दुलाल बताउछन |

वडामा गर्नु पर्ने बिकासनिर्माणको योजना छुट्ने सम्भावना न्यून हुने भएकोले आफु वडा को टोल टोलमा सम्भब भए सम्म पुग्ने वडा अधय्क्ष तामांग बताउछन् | बुढानिलकण्ठ नगरपालिकाको वडा न ५ लाई नगरपालिका भित्रको उत्कृष्ट वडा बनाउनु आफ्नो एउटा लक्ष् भएकोले वडामा विकास निर्माणको कार्यलाई प्राथमिकतामा आफुले राख्ने बताउदै आज वडा न ५ को दुलाल टोलको भेलामा योजना संकलन गर्न जाँदा खाने पानीको ट्यांकीको उचित ब्यबस्थापन र बाटो ढलान गर्नु पर्ने एबं पुरानो गोरेटो बाटो बढाउनुपर्ने लगायतका योजना आजको भेलामा उठेको वडा अध्यक्ष् विजय तामांगले जानकारी गराए |

सम्भब भए सम्म यही शनिबार बुढानिलकण्ठ नगरपालिकाको बसाहा महादेव समिती मन्दिरमा फेरी भेला भएर अन्य योजनाको बारे छलफल गर्ने वडा सदश्य बद्रीप्रसाद दुलालले जानकारी दिएका छन् | बुढानिलकण्ठ नगरपालिका वडा न ५ साहसिक पर्यटन प्रबर्धन गर्न उपयुक्त स्थान रहेको बिभिन्न अध्यनहरुले बताई सकेका छन् | अहिले वडामा विष्णुमति पुल निर्माण हुदै छ भने इस्कन मन्दिर नजिकको पुल जिर्ण भई सकेको हुँदा यथाशिघ्र यी कामहरुलाई सम्पन्न गराउन आफु लागिपर्ने तामांग बताउछन् |