गगन थापाको घर दैलो अभियान , "स्थानियले भने गगन थापाको जित निश्चित"

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 4

काठमाडौं क्षेत्र नं-४ का उम्मेद्वार गगन थापा आफ्ना चुनावी अभियानमा क्षेत्रीय र राष्ट्रीय योजनाका प्रतिवद्धता पत्र सहित ४ - नं क्षेत्रका कुनै पनि जनताका घर नछुटाई घर दैलो गरिरहेका छन । दोश्रो संविधान सभा चुनाव जिते पस्चात आफ्ना क्षेत्र र बिषेसत बुढानिलकण्ठ नगरपालिका बिकासमा जस्तै ठुला परियोजना देखी शिक्षा, स्वास्थ्य र खेलकूद क्षेत्रमा आफ्नो महत्वपूर्ण भूमिका प्रदान गर्नु थियो ।राष्ट्रीय राजनितीमा एक प्रभावशाली नेताका रुपमा उभिएका गगन थापाले स्वास्थ्य मन्त्री भएपछी "आम- जनताको पहुँच स्वास्थ्यमा" भान्ने नारा सहित स्वास्थ्य क्षेत्रलाई स्त्तरोन्नती गर्दै स्वास्थ्य क्षेत्रमा रहेका बिद्द्मान समस्याहरुलाई समाधान गर्दै, एउटा व्यवस्थित स्वास्थ्य प्रणाली निर्माण गरी आम-जनता लाई निशुल्क स्वास्थ्य व्यवस्था लेराउने नेपालकै पहिलो स्वास्थ्य मन्त्री सम्म हुनु भएको थियो । आफ्नो घर दैलो कार्यक्रममा जनताका समस्या, गुनासो र सुझाव हरुलाई मनन गर्दै अबको प्रदेश चुनाव पछी प्रादेशिक सरकार हुने र तत्पस्चात हरेक समस्या, गुनासो हरु तुरुन्तै सम्बोधन गरिने प्रतिवद्धता स्थानिय माझ गर्नु भएको थियो । जनता माझ लोकप्रीय रहेका गगन थापाका बारे सामाजिक संजालमा आएका टिका टिप्पणीहरु लाई जनताले सामान्य रुपमा लिएका छन ।
गगन थापा भन्छन -
" निर्वाचनको क्रममा त्यस किसिमका कार्यहरु भनेका सामान्य हुन र त्यस किसिमका टिका टिप्पणी लाई जनताले स्विकार गर्दैनन्, जनताले बुझेका छन " को उम्मेद्वरले कती गरेका छन र कती गर्ने छन भनेर,
चुनावी मैदानमा साना- तिना कुराहरुलाई बिवादास्पद प्रोपोगण्डा रच्ने शैली पुरानो रहेको साथै आफुले भ्याए सम्म (सभासद हुँदा वा स्वास्थ्य मन्त्री हुँदा) गरेका कार्यहरु प्रती स्थानिय संतुष्ट रहेको र प्रादेशिक सरकार बने पछी आउने चुनौती हरु लाई मध्य नजर गरी जनताले गगन थापा लाई पुन जिम्मेवारी दिई थप कार्य गर्न लाई निर्देशन दिनेमा आफु बिस्वस्त रहेको बताउनु भएको छ ।