टोखा बिस्केट जात्रामा दश लाख बढी तीर्थालु र पर्यटक उतार्ने

[[IMG_ALT]]

b s g news | Nagar News | Chaitra 29

काठमाडौँको उतरी भागमा रहेको पुरात्वतिक एतिहासिक नगर टोखा स्थित सपन तिर्थमा नयाँ बर्षको दिन बिस्किट जात्रा मनाईने गरिन्छ यसपटक विस्केट जात्रालाई थप व्यवस्थित बनाइने भएको छ । आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको जात्रा प्राचीनकालदेखि मनाईदै आएको र सबै भन्दा पुरानो जात्रा भएको जिकिर टोखाका स्थानीय समाजसेवी मनिष राम जोशी बताउछन । टोखा नगरलाई चाकु को उपनामले मात्र चिनिदै आएकोमा मौलिक संस्कृतिको जगेर्ण गर्दै नगरको कला संस्कृति समेत जिबन्त राख्न यस पटक बिस्केट (बिशेक) जात्र व्यवस्थितरुपमा मनाउन स्थानीय जात्रा मूल व्यवस्थापन समिति नेवाः गुथी टोखाले ब्यबस्थापन गर्ने मनिष राम जोशी बताउछन । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले ऐतिहासिक एवं वैभवशाली शहर टोखामा हरेक बर्ष नयाँ बर्षको अवसरमा मनाइने सपनतीर्थ मेला र वैशाख १ देखि ४ गतेसम्म हुने विस्केट जात्रा मेलामा दश लाख बढी तीर्थालु र पर्यटक उतार्ने लक्ष्य लिइएको छ । नयाँ बर्षको स्वागत मौलिकरुपमा गरिदै आएको टोखाको उत्खनन र अध्ययनमा पुरातत्व विभागले पनि चासो देखाएपछि जात्रा व्यवस्थापन समितिले टोखामा मनाइदै आएको परम्परागत पर्वहरुलाई अब विशेषरुपमा मनाउने भएको छ ।