दोश्रो ससीकला मेमोरियल नेपाल कप भेट्रानकप प्रतियोगिता २०७३

[[IMG_ALT]]

Bijendra Pudasaini | Sports | Chaitra 19

दोश्रो ससीकला मेमोरियल नेपाल कप भेट्रानकप प्रतियोगिता २०७३ को फाइनलमा सईनिग़ सन् एकेडेमी कैलाली र सामाखुसी फुट्सल रंगशालामा उपाधिको लागी भिड्दै
राष्ट्रिय खेलखुद संघ र स्पोर्टस फर अल क्लब नेपालले आयोजना गरेको दोश्रो सशिकला मेमोरियल नेपाल कप भेट्रानकप प्रतियोगिताको फाइनल खेलमा कैलाली र काठमाडौँ फुट्सल उपधिकोलागी प्रतिस्पर्धा गर्दै छन् | राष्ट्रिय खेलखुद परिषद्का सदश्य सचिब केशब कुमार बिष्टको प्रमुख अतित्यथामा हुने फाइनल खेल काठमाडौँको दसरथ रंगशालामा समापन हुदै छ | मुलुकको विभन्न स्थानबाट ११ओटा टीमहरुले सहभागिता जनाएको यस प्रतियोगिताको बिजेताले नगद एक लाख रुपैया सहित सिल्ड र मेडल पाउने र उप-बिजेताले नगद पचास हाजर सहित सिल्ड मेडल प्राप्त गर्ने आयोजकले जानकारी गराए | प्रतियोगिताका सेमी-फाइनल खेलमा कैलालीले नेपाल आर्मीलाई र सामाखुसीले बोईज स्पोर्ट्स क्लबलाई पराजित गरेको थियो | फाइनल खेल दिनको २०७३/१२/१९ गते २ बजे बाट संचालन हुने कार्यक्रम रहेको छ | सम्पूर्ण फुटबल प्रेमीहरुलाई आयोजकको तर्फ बाट निमन्त्रण गरिएको निमन्त्रण पत्र मार्फत दसरथ रंगशालामा प्रवेश निशुल्क गरिएको समेत गरिएको छ |