बुढानीलकण्ठ नगरपालिका, श्रावण १२ गते ।
बुढानीलकण्ठ नगरपालिकाको आ.व २०८०/०८१ को वार्षिक प्रगति समीक्षा सम्बन्धी श्रावण ११ गते २ दिने गोष्ठी सुरु भएको छ । पहिलो दिनको प्रस्तुतिकरण कार्यक्रममा सम्पुर्ण महाशाखा\ शाखाबाट प्रस्तुतिकरण तथा छलफल भएका छन् ।
प्रस्तुतिकरणको क्रममा सम्बन्धित महाशाखा/ शाखाका प्रमुखहरुले प्रगती विवरण तथ्याङ्क सहित सेवा प्रवाहमा हुने चुनौती लगायत आगामी वर्षका लागि तय गरिएका योजनाहरु प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात उपस्थित सहभागिहरुबाट सल्लाह, सुझाव संकलन गरिएको छ कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीहरु विचको समन्वय र सहकार्यबाटनै नगर विकास सम्भव भएकोले सबै पक्षका प्रगती र विवरणहरुको नियमित समीक्षा गर्दै सुधारका पक्षहरु मुल्याङ्कन गर्न जरुरी रहेको बताउनुभयो । जनप्रतिनिधिहरु आएपश्चात नगर विकास र सेवा प्रवाहमा चुनौती र अवसर दुबै भएको र यस्तो अवस्थामा काम गर्दा नगरवासि, वडा तथा प्रशासनिक कर्मचारिहरुले विश्वास गरी साथ र सहयोग गर्नुभएकोमा धन्यबाद दिनु भएको थियो ।
यस समीक्षाबाट नगरपालिकाको हालको स्थिति मुल्याङ्कन हुने भएकोले यसै गोष्ठिबाट आएका प्रगती र चुनौती अनुसार आवश्यक अवसरहरु उत्पादन गर्न सबै निकाय माझ प्रमुख अधिकारीले अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै नगर उपप्रमुख अनिता लामाले नगरपालिकाको आगामी दिनहरुमा सम्पादन गरिने कार्यहरुको सुरुवात गर्नु अघि विगतमा सञ्चालन भएका योजना र कार्यक्रमहरुको अनुसन्धानत्मक समीक्षा जरुरी रहेकोले यस कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृतले पहिलो दिनमा भएका प्रस्तुतीहरु एकदमै उत्कृष्ट रहेको बताउँदै प्रस्तुतिकरणबाट आएका विवरण र गुनासोहरुको सम्बोधन गर्नु भएको थियो । वडागत प्रगति विवरणमा आएको उल्लेखनिय राजश्व वृद्धिको विषय नगरपालिकाको उपलब्धिको रुपमा आफुले मुल्याङ्कन गरेको उहाँले बताउनुभयो । साथै, वडागत अनुगमन समितिमा सक्रियता नरहेको गुनासोहरु आएकाले समितिको काम कारवाहिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुहुन सबैमा अनुरोध गर्नुभएको थियो ।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा , नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, सम्पुर्ण वडाका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगरपालिका महाशाखा\शाखा प्रमुख एंवम कर्मचारीहरको उपस्थितिमा कार्यक्रम सुरु भएको हो । कार्यक्रम नगरपालिका सभाहलमा बिहान ८ बजेबाट सञ्चालन भएको हो ।
समीक्षा कार्यक्रमलाई २ दिनमा विभाजन गरिएको छ जसमा पहिलो दिन नगरपालिका महाशाखा\शाखाहरुको प्रस्तुतिकरण तथा छलफल भएको थियो भने दोस्रो दिन (आज) मा वडा कार्यालयको प्रगिति विवरण प्रस्तुत भइरहेको जनाइएको छ।
प्रतिकृयाहरु