ललितपुर महानगरपालिकामा–२३ विष्फोटक पदार्थ डिस्पोज

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Mangshir 11

काठमाडौं, १० मंसिर
ललितपुर : ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित ऐरावत टोलमा फेला परेको कुकर बम प्रहरीको समन्वय र नेपाली सेनाको बम डिस्पोजल टोलीको सहयोगमा शनिबार डिस्पोज गरिएको छ ।
बाग्लुङ : ढोरपाटन नगरपालिका–६ गादीखोलामा रातो टेपले बाँधेको अवस्थामा फेला परेको सुतली बम प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा नेपाली सेनाको टोलीले शनिबार डिस्पोज गरेको छ ।
धादिङ : धुनिबेशी नगरपालिका–५ स्थित शारदा माबि नजिक लामो फलामको पाईप गाडेर राखेको अवस्थामा फेला परेको सकेट बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले आइतबार डिस्पोज गरेको छ ।
बझाङ : जयपृथ्वी नगरपालिका–११ भुपुरमा रातो कपडामा बेरेको अबस्थामा फेला परेको विष्फोटक पदार्थ प्रहरीले नेपाली सेनासँग समन्वय गरी आइतबार डिस्पोज गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।