हाम्रो निर्णय क्षमता माथी बारम्बार हेप्न प्रबृति हावी भयो

[[IMG_ALT]]

b s g news | Sports | Chaitra 6

एन्फाको इतिहासमा पहिलो पटक नोट अफ डिसेन्ट लखेँ ( साथीहरु समेत) । अघिल्लो निर्वाचनमा पुरानै नेतृत्वलाई सहयोग गरेका रत्न श्रेष्ठले भने धर्य गरेको हो । नेपाली फुटबलमा परिवर्तन आउछ भनेर लागेको हो । तर एक वर्षमा कुनै त्यस्तो उपलब्धी हात पर्न त सकेन उल्टै हामी सदस्यहरुलाई तेजबोध गर्ने कार्य भयो । हाम्रो निर्णय क्षमता माथी बारम्बार हेप्न प्रबृति हावी भयो । निर्वाचनमा जितको दम्भ मात्र राख्नको लागि हैन जिते पछि केहि गर्न सक्ने नेतृत्व अहिले बर्तमानको आवश्यक्ता हो ।

वि.स २०५३ साल सम्म मोफसलको एक स्तरीय खेलाडीका रुपमा परिचित रहेका रत्न श्रेष्ठ तँनहु जिल्लाका जिल्ला फुटबल संघका अध्यक्ष एवम् मताधिकार प्राप्त प्रतिनिधी हुन । उनी परिवर्तनको पक्षमा किन ?

वि.स २०५३ सम्म खेलाडीका रुपमा रहेका श्रेष्ठले ९ वर्ष जिल्ला देखी क्षेत्रीय स्तरका प्रतियोगीताहरुमा उत्कृष्ट रक्षात्मक खेलाडीका रुपमा भुमिका निर्वाह गरेका थिय । मोफसलका खेलाडीहरुलाई राष्ट्रिय टिममा आउने बाटो सहज थिएन, उनि सोहि परिवेशबाट खेलाडी हुदै आफु भन्दा तल्लो पुस्तालाई सहजता दिन सकियोस भन्दै संस्थापक जिल्ला अध्यक्ष हुदै तँनहुमा सक्रिय फुुटबलकर्मीका रुपमा स्थापित बने, स्थानीय देखी , जिल्ला क्षेत्रीय हुदै राष्ट्रिय स्तरका प्रतियोगीताहरुको आयोजना गर्न जुटे, काठमाडौंका ए डिभिजन क्लबहरुलाई समेत समावेश गराएर आबुखैरीनी कप फुटबल प्रतियोगीता सम्मको आयोजना गर्दै मोफसलमा फुटबलको क्रेजलाई बढाउने कार्यमा जुटे ।
श्रेष्ठको सक्रियता केबल तँनहुमा मात्र सिमित रहेन उनि पश्चिमाञ्चल क्षेत्रमा हुने हरेक प्रतियोगीता हरुपमा उत्तिकै सक्रिय रहन्थे फलत् उनि तिन पटक सम्म एन्फाको कार्य समिति रहेर समेत कुशल व्यवस्थापनकर्मीका रुपमा परिचित बनेका छन । स्पष्ट वकालत गर्ने व्यक्तिका रुपमा उनि परिचित छन ।

पद र प्रतिष्ठा भन्दा पनि कुनै पनि कर्ममा लाग्दा सन्तुष्टि नै ठुलो हुने भन्दै उनले परिवर्तन पक्षधरको समुहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन । अनेकौ प्रलोभन र दवाबका विचमा स्पष्ट रुपमा परिवर्तन पक्षलाई सहयोग गर्ने उद्घोषका साथ उनी मैदानमा रहेका छन । तिन पटक केन्द्रीय सदस्य भइसकेको व्यक्ति किन फेरी सदस्य पदमा भन्ने प्रश्नमा उनि बताउछन समग्र फुटबल परिवर्तन गर्ने, नेतृत्वले विकेन्द्रीरको सिद्धान्त अवलम्वन गर्ने र फुटबलको सबै स्टक होल्डरहरु एकै ठाँउमा बस्ने कुरामा पद भन्दा ठुलो विचार हुने उनी बताउछन । स्वभाविक रुपमा सदस्य भन्दा माथिल्लो स्थानको निर्वाचनमा लड्ने विचारमा थिए । परिवर्तनको पक्षमा सबै खेलाडी, प्रशिक्षक, क्ल्ब र मोफसलहरु एकै ठाँउमा अट्ने प्रतिवद्धता सहित पुन सदस्य पदमा उम्मेदवारी दिएको उनले बताए ।

निर्माण व्यवसायीका रुपमा आफ्नो पेशा अंगालेका उनलाई पूर्वाधार निर्माण र व्यवस्थापनमा महत्वपूर्ण व्यक्तिको रुपमा लिने गरिएको पाइन्छ । ठुला ठुला पूर्वाधार निर्माणमा समेत सहभागी उनको कार्य क्षेत्रको अनुभवलाई स्पष्ट सोचका साथ परिवर्तन पक्षधरहरुले भावि दिनमा कार्य गर्ने सके छोटो समयमा नै नेपाली फुटबलको भौतीक स्तरउन्नती र २० वर्षे प्रशासकको अनुभवले सकारात्मक परिणाम दिने कुरामा द्धिविधा नहोला ।

कर्मा छेरिङ्ग शेर्पाले निर्वाचन हार्दा पनि सम्बन्धलाई कुनै प्रभाव पर्न दिनु भएन । उनी सदैव फुटबलका विषयमा हामी संग सल्लाह परामर्श गरिरहनु हुन्थ्यो । निर्वाचनको परिणामबाट नआत्तिकन फुटबल विकासमा लागि परिरहेको व्यक्तिलाई किन सहयोग नर्गेने तर्सथ परिवर्तनको पक्षको जित आवश्यक रहेको भन्दै उनले परिवर्तनको पक्षमा हरहमेसा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।