अख्तियारको प्रेस बिज्ञप्ती सार्वजनिक

[[IMG_ALT]]

www.bsgnews.com | National News | Chaitra 27

प्रेस विज्ञप्ति :- मिति २०७४।१२।२७ गते ।
---------------------------------------------
घुस रकम सहित नियन्त्रणमा लिइएको
--------------------------------------------
बुढानिलकण्ठ नगरपालिका कार्यालय, काठमाडौंका उप-सचिव (प्रमुख प्रशासकिय अधिकृत) लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठले बुढानिलकण्ठ नगरपालिका वडा नं. २ बाँडेपाखामा रिजर्भ वायर (पानी ट्याङ्की ) निर्माण कार्य सम्पन्न गरे पश्चात कार्य अनुभवपत्र लिने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निजहरुलाई रु.५,००,०००।–(पाँच लाख ) घुस बापतको रकम लिएको अवस्थामा काठमाण्डौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ को कार्यालय अगाडी सार्वजनिक सडकबाट निज प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारीको बा.१८ च. ७०८७ नम्बर र निज ईन्जिनियर बिजेन्द्र श्रेष्ठको बा. ७ च. ५८९४ नम्बरको कार सहित मिति २०७४।१२।२६ गते बेलुकी १९:४५ बजे नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको छ ।
दीर्घराज मैनाली
सह-सचिव एवं प्रवक्ता