रानीपोखरी पुनःनिर्माणको विषयलाई लिएर महानगरपालिकामा बिवाद

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Poush 11

२०७२ सालमा आएको भुकम्पले क्षेती ग्रस्त भएको एतिहासिक स्थल रानी पोखरिको पुन निर्माण हुन नसकेको अवस्थामा अहिले काठमाडौं महानगरपालिकामा उक्त रानी पोखरि पुन निर्माण लाई लिएर निक्कै बिवाद भैरहेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच रानीपोखरी पुनःनिर्माणको विषयलाई लिएर भएको विवाद छताछुल्ल भएको छ ।

रानीपोखरी पुनः निर्माणलाई लिएर एमालेबाट निर्वाचित शाक्य र कांग्रेसबाट निर्वाचित खड्गी एकअर्काविरुद्ध सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । मेयर शाक्यले पुनः निर्माण नरोकिने बताइरहँदा उपमेयर खड्गीले भने जसरी पनि पुनःनिर्माण रोकेरै छाड्ने बताइन् ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा खड्गीले ऐतिहासिक र पुरातात्विक संरचना मासिने गरी हुन लागेको पुनःनिर्माण रोक्ने घोषणा गरिन् ।

शाक्यले भने स्थानीय निकाय निर्वाचनअघि नै पुनःनिर्माणको काम सुरु भएको र उक्त काम पुरातत्व विभागको मापदण्डअनुसारै रहेकाले काम नरोकिने स्पष्ट गरे ।

रानीपोखरी सबैको साझा र ऐतिहासिक स्थल भएको भन्दै उनले पुनःनिर्माणमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे । २०७२ वैशाख १२ मा गएको महाभूकम्पका कारण रानीपोखरीको मध्ये भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्किएपछि पुनःनिर्माण गर्न लागिएको हो ।

खड्गीले मेयर शाक्यले आफूसँग रानैपाखेृरी पुननिर्माणका विषयमा कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाइन् । ‘सम्पदा बिग्रने गरी पुनः निर्माण हुन लागेको थाहा पाएपछि मैले मेयर साबलाई सोधेकी थिएँ’, खड्गीले भनिन्, ‘उहाँले पछि कुरा गरौंला भनेर टार्नुभयो, अब म काम रोक्न लाग्छु ।’

कार्यक्रममा काठमाडौं–४ का सांसद गगन थापा र काठमाडौं–६ का सांसद भीमसेनदास प्रधानले पनि उपमेयर खड्कीको अडानको समर्थन गरे ।

थापाले पुरातत्वविदहरुले रानीपोखरीको पुरानो शैली कायमै राखेर पुनःनिर्माण गरिनुपर्छ भन्ने सुझावलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाए । उनले पुरानो स्वरुपमा परिर्वतन नगरी पुनःनिर्माण हुनुपर्नेमा जोड दिए ।

प्रधानले महानगरका मेयरले जबर्जस्ती पेलेर पुनःनिर्माण अघि बढाएकामा आपत्ति जनाउँदै जसरी पनि काम रोक्ने चेतावनी दिए । उनले मेयरले आफूहरूका कुरा नसुने आन्दोलनमै उत्रने चेतावनी दिए ।