लागूऔषध सहित पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Entertainment | Ashad 19

काठमाडौं, असार १९ गते
चन्द्रागिरी नगरपालिका–२ नागढुंगामा जाँच गर्ने क्रममा बीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५३५ नम्बरको बसमा सवार भारत मोतिहारीका १९ वर्षीय फुनमहमद अन्सारीलाई झोलामा लुकाई छिपाई ल्याएको लागूऔषध नुर्फिम १ सय ५० एम्पुल, फेनारगन १ सय ६९ एम्पुल, डाइजोल्याप २ सय ५० एम्पुल गरी जम्मा ५ सय ६९ एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।