बूढानिलकण्ठ मिनिबस व्यवसाय समिती को नव निर्मित भवन को उदधाटन

[[IMG_ALT]]

BSG News | Nagar News | Ashwin 8

बूढानिल्कण्ठ मिनी बस व्यवसाय समिती ले आफ्नो नव निर्मित भवन को उदघाटन गरेको छ । करीब ३ करोड खर्च मा निर्मित उक्त भवन को उद्द्घाटन माननीय मन्त्री बिर बहादुर बलायर ज्यु द्वारा भवन को रिवन काटी उद्घाटन गर्नु भएको थियो । कार्यक्रम मा बिशेष अतिथी बूढानिलकण्ठ नगरपालिका का मेयर उद्धव खरेल ,नेपाल प्रहरी का अतिरिक्त महानिरिक्षक जय बहादुर चन्द , यातायात समिती का अध्यक्ष , बूनपा का वडा अध्यक्ष हरु का साथै अन्य महानुभाव हरु को उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम बूढानिलकन्ठ मिनिबस व्यवसायी समिती का अध्यक्ष प्रमोद खड्का को सभापतित्व मा भएको थियो । कार्यक्रम मा मन्तव्य राख्दै मन्त्री ज्यु ले यातयात समबन्धी रहेका त्रुटी तथा समस्या हरु लाई समाधान गर्दै लैजाने जानकारी दिनु भएको थियो । नेपाल मा यातयात समबन्धी धेरै समस्या हरु रहेको खास गरी सार्वजनिक यातयात का चालक तथा युवा पिढी मोटर साइकल चालक हरु मा ट्राफिक नियम उल्लंघन का समस्या हरु रहेको र उक्त समय हरु समाधान गर्न सम्भावित दुर्घटना लाई कम गर्न नेपाल प्रहरी र नेपाल ट्राफिक प्रहरी भूमिका रहेको भ नाई प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्द ज्यु ले आफ्नो मन्तव्य मा दिनु भएको थियो । बूढानिलकण्ठ नगरपालिका मा नगर वासी को सुविधा लाईइ मध्य नजर गरी बूनपा मा चल्ने सार्वजनिक यातयात को उचित व्यस्थापन चाँडै हुने र सार्वजनिक यातयात हरु लाई एउटा पार्किङ को व्यवस्था गर्न लाई नगरपालिका ले कदम चाली सकेको साथै यातयात समिती हरु सँग छलफल गरी योजना अगाढी बढाइने जानकारी नगर प्रमुख उद्धव खरेल ज्यु ले मन्तव्य मा जानकारी गराएका थिए । बूनपा को मुख्य सडक मा गुड्ने सार्वजनिक यातायात हरु मा जि पि एस जडान का तयारी भैरहेको र यातयात व्यवसायी हरु को समस्या तथा आगामी चुनौती हरुको बारे अतिथी हरु समक्ष अवगत गराउदै कार्यक्रम का सभापति प्रमोद खड्का ज्यु ले यातायात मन्त्रालय , नगरपालिका ,नेपाल प्रहरी सहयोग को अपेक्षा राखेका थिए , बूनपमा गुड्ने सार्वजनिक यातायात प्रयोग गर्ने सेवाग्राही को गुनसो का साथै सुविधा लाई ध्यान मा राखी सार्वजनिक यातायत लाई अझै व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।कार्यक्रम मा सुदन ब्यान्जु ले सार्वजनिक यातायात मा जि पि एस जडान पछी यातयात समबन्धी जानकारी पाउन सकिने ,दुर्घटना कम हुने तथा अन्य बिषय को जानकारी को लागी सहज हुने जानकारी उपस्थित महानुभाव माझ जानकारी गरौनु भएको थियो ।