काठमाडौं क्षेत्र नंं ५ मा डा. प्रकाशशरण महतको चर्चा, उम्मेदवार आकांक्षीको लर्को

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Kartik 7

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिदै जाँदा काठमाडौं क्षेत्र नंं ५ मा पनि चुनावी सरगर्मी बढ्दै जान थालेको छ । निर्वाचनमा उम्मेदवार बन्न आकांक्षा राख्ने मात्र होइन, उम्मेदवारलाई सघाउने कार्यकर्ताहरु समेत सक्रिय बन्न थालेका छन् । क्षेत्र नं. ५ मा गएको दशैं र तिहार जस्ता पर्व पनि निर्वाचनकै प्रयोजनमा उपभोग भयो । चियापान कार्यक्रम र भेटघाटमै दशैं र तिहार विताएका उक्त क्षेत्रका कार्यकर्ताहरु चाढपर्वको विदाईसगैं निर्वाचनका लागि कम्मर कसेर लाग्ने तयारीमा छन् । प्रतिनिधि सभाका लागि झण्डै आधा दर्जन उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभा र प्रदेशसभाका लागि तिन जना उम्मेदवार तय गर्नु पर्नेमा आधा दर्जन नेता मैदानमा हुदाँ चुनाबी रस्साकस्सी रोचक हुने आनुमन थालिएको देख्न सकिन्छ | डा. प्रकाशशरण महत उक्त क्षेत्रबाट चुनावी मैदानमा उत्रने चर्चाले पनि पार्टी भित्र र बाहिर समेत राम्रै हलचल पैदा गराएको छ । पार्टी केन्द्रीय सदस्य महत तिन पटक उर्जा, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालि सकेका प्रभावशाली नेता हुन । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री समेत रहेका डा.महत उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन् । क्षेत्र नं. ५ मा सम्भावित उम्मेदवारीले चर्चामा रहेका डा. महत भन्छन् –‘ पार्टीले जुन जिल्ला वा क्षेत्रमा चुनाव लड्न निर्देशन दिन्छ, म त्यहिबाट लड्न तयार छु ।आफ्नो दावी स्वभाविक भन्दै नेपाल बार एसोसिएसनका पुर्ब अध्यक्ष् प्रेम बहादुर खड्का यस क्षेत्र बाट प्रतिनिधिसभा सदस्य पदका अर्का आकन्क्षि हुन् |नेपाली कांग्रेस काठमाडौं जिल्लाका पूर्व सचिव समेत रहेका दामोदर खड्का विगत लामो समयदेखी पार्टीको महाधिवेशन तथा महासमिति सदस्यका रुपमा सक्रिय नाम हो |प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न कासरथमा लागेका खड्का यो भन्दा पहिले बुढानिलकण्ठ नगरपलिककको मेयर को रुप मा हेरिएको नाम समेत हो |क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न क्षेत्र नं. ५ का सभापति रमेश खड्का पनि प्रतिस्पर्धामा छन् । १२ औं महाधिवेशनका बेला निर्वाचनबाट क्षेत्रिय सभापति बनेका खड्का १३ औं महाधिवेशनका बेला सर्वसम्मत क्षेत्रिय सभापति निर्वाचित भएका हुन । सामुदायिक प्रहरी केन्द्रका अध्यक्षका रुपमा समाजसेवामा समेत सक्रिय खड्काले पनि आफुले उम्मेदवारी पाउनु पर्ने जिकिर गरिरहेका छन् ।
पुराना नेता श्रीविनोद भट्टराई अर्का दावेदार हुन । लामो समय पार्टी संगठनमा काम गरेर पनि खासै कदर नपाएका भट्टराई पूर्व क्षेत्रिय सभापति हुन । भट्टराई पनि आफु उम्मेवार बन्न योग्य रहेको दावी गर्छन । उक्त क्षेत्रका अर्का आकांक्षी राजेश अधिकारी इकाइबाट सिफारिसमा परेर पनि क्षेत्रिय समितिको सिफारिसमा परेनन् । उनले जिल्ला र केन्द्रमा पुनारावेदन गरी आफ्नो दावी प्रस्तुत गरिरहेका छन् । पूर्व इकाइ सभापति अधिकारी खेलकुद र अन्य सामाजिक गतिविधिमा समेत सक्रिय युवा नेता हुन ।प्रतिनिधि सभासगैं क्षेत्र नं. ५ मा प्रदेश सभाको निर्वाचनको चर्चा पनि चुलिएको छ । प्रदेशको ‘क’ मा पूर्व सभासद् रमा गुरागाई चर्चामा छिन् । उनको नाम समानुपातिकमा परेको चर्चा भएपनि गुरागाई आफै भने प्रत्यक्ष निर्वाचन लड्न चाहेको बताइन्छ । उक्त क्षेत्रबाट क्षेत्रिय सह–सचिव भैरब सापकोटा पनि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्न आकांक्षी छन् । प्रदेशमै प्रकाश मर्हजन र उषा न्यौपाने पनि आकांक्षी छन् ।
प्रदेश ‘ख’ मा पनि थुप्रै आकांक्षीहरु देखिएका छन् । नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री तथा महाधिवेशन प्रतिनिधि सागर खनालले आफ्नो उम्मेदवारी दावी गरेका छन् । लोकप्रिय मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका मनिष जोशी पनि प्रदेश सभामा उम्मेदवार बन्न इच्छुक छन् । पूर्व गाविस अध्यक्ष कसीनारायण श्रेष्ठ, तरुण दल काठमाडौंका पूर्व अध्यक्ष गोर्कण केसी लगायतका युवा नेतहरु पनि प्रदेश सभामा इच्छुक देखिएका छन् । महाधिवेशन प्रतिनिधिद्वय भिमसेन खत्री र मुरारी तामाङ पनि प्रदेश सभाका सम्भावित नामहरु हुन । जिल्ला सदस्य रामचन्द्र घिमिरेले प्रदेशसभामा शसक्त दावी गरेका छन् ।प्रतिनिधि सभा सदस्य उम्मेदवार दावी गरेका कतिपय उम्मेदवारलाई प्रदेशमा खडा गर्ने प्रयत्न समेत भएको छ । क्षेत्रिय सभापति रमेश खड्कालाई प्रदेश सभाको ‘ख’मा लड्न चर्को दवाव छ । उनले अस्विकार गरे सागर खनाल वा दामोदर खड्का मध्यबाट एक जना उम्मेदवार बन्न सक्ने बताइएको छ । ‘क’ मा रमा गुरागाई समानुपातिकमा बसे भैरव सापकोटा र प्रकाश महर्जन मध्य एकले उक्त क्षेत्रमा शसक्त दावी गर्ने छन् । राजेश अधिकारी पनि प्रदेश मध्य कुनै एकमा चुनाव लड्न इच्छुक छन् । समानुपातिक उम्मेदवार बन्न पनि दर्जनौ नेता इच्छुक देखिएका छन् । प्रतिनिधि सभामा समानुपातिक उम्मेदवारमा वरिष्ठ कलाकार निर शाह सिफारिसमा परेका छन् । उनी सगैं अकला गुरुङ, कृष्णकुमारी बस्नेत र गंगा सुनार पनि सिफारिसमा परेका छन् ।
प्रदेश सभाका लागि पनि झण्डै दर्जन सिफारिसमा परेका छन् । प्रदेश क र ख मा कृष्ण वस्ती, भवानी केसी, दुर्गा पौडेल, सैलजा सिलवाल, सरस्वती श्रेष्ठ, अमृत शमशेर थापा, शम्भु अधिकारी, राजेन्द्र महर्जन, श्याम ब.श्रेष्ठ,राम बहादुर के.सी मिठाराम धिताल , होमनाथ कोइराला, जयराम रेग्मी लगायत छन् ।