काठमाडौं क्षेत्र नं. ५ का कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत घरदैलो कार्यक्रममा सहभागी

[[IMG_ALT]]

www.bsgnews.com/photos | Nagar News | Mangshir 2

काठमाडौं क्षेत्र नं. ५ का कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत, प्रदेश सभाका उम्मेद्वार रमेश कुमार खड्का सहित बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ मा घरदैलो कार्यक्रममा सहभागी भएका छन् । शुक्रबार डा. महतले त्यस क्षेत्रका जनतासंग प्रत्यक्ष भेटघाट गरी मत मागेका हुन | घर दैलो गरि मतदाता भेट्दै गर्दा जनताहरुले डा महत संग बिभिन् समसामयिक बिषयको बारे सोधेका थिए |आफु यस क्षेत्रको विकासको लागि प्रतिबद्ध भएर काम गर्ने बताउदै यो क्षेत्र् एउटा बेग्लै महत्वो र सम्भावना बोकेको स्थान भएको हुँदा आफु राष्ट्रिय योजना आयोगमा रहेर काम गर्दा प्राथमिकतामा रहेको स्थानहरुको विकास गर्न कसरि सकिन्छ भन्नेकुरा आफुलाई थाहा भएको बताएका छन् | प्रदेश सभाका उम्मेद्वार रमेश खड्काले आफु जनताहरु संग सधै प्रतयक्ष् सम्पर्गमा रहने हुदा जनताको सबै समस्या आफ्नो समस्या सम्झेर समाधान गर्न लाग्ने बताएका छन् | बुढानिलकण्ठ नगरपालिका वडा न ३ को घरदैलो कार्यक्रम ३ नंं वडाका नेपाली कांग्रेसको इकाईको संयोजकत्वमा भएको थियो |
काठमाडौँ क्षेत्र् न ५ बाट नेपाली कांग्रेसको समानुपातिकतर्फ परेका उम्मेद्वार हरु : १ प्रेम बहादुर खड्का : खड्का लामो समय देखि नेपाली कांग्रेसको बिभिन्न संगठनमा रही काम गर्दै आएका नेता हुन् |खड्का नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष हुन । लामो समय नेपालको कानुनी क्षेत्रमा विताएका खड्कालाई कांग्रेसले यस क्षेत्रमा प्रतिनिधि सभा तर्फ समानुपातिक उम्मेदवार बनाएको छ । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि उम्मेदवार बनाएको छ । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन ।

२ : मनिष जोशी : मनिष जोशी उत्तरी भेगमा खेलखुद गतिबिधिका अभियन्ता मध्यका एक हुन् | टोखा नगरपालिकामा बस्ने मनीष क्षेत्र नं. ५ का टोखा क्षेत्रबाट प्रतिनिधित्व गराउँदै कांग्रेसले जोशीलाई प्रदेशसभा तर्फ समानुपातिक उम्मेदवार बनाएको छ । खेलकुदको क्षेत्रमा लामो अनुभव संगालेका जोशी नेपालका पहिलो धावक गजराज जोशीका सुपुत्र हुन ।भीमसेन खत्री :लामो समय शिक्षण पेशामा विताएका प्राज्ञिक व्यक्तित्व खत्री पनि प्रदेशसभा तर्फ समानुपातिक उम्मेदवार छन् । गणेश माविमा लामो समय प्राध्यापन गरेको अनुभव भएका खत्री पार्टीको महाधिवेशन प्रतिनिधि छन् । अध्य्पन बाट अवकासप्राप्त खत्री सक्रिय राजनीति गर्दै बिभिन्न संघ संस्था संग आबद्ध रहेका छन् |
थापा काठमाडौं महानगरपालिका वडा नंं २ का पूर्व इकाइ सभापति हुन । समाजसेवामा सक्रिय थापालाई पार्टीले प्रदेश सभा तर्फ समानुपातिक उम्मेदवार बनाएको छ ।
सागर खनाल : पुर्ब प्रधानमन्त्री सुशील कोइरालाको सोकीय सचिब रहेर काम गरेका खनाल प्रखर बक्ता समेत हुन् | बिधार्थी राजनीति बाट राजनीतिक यात्रा सुरु गरेका खानल कुसल ब्यबस्थापक समेत हुन् | २०६२/६३को जन आन्दोलनमा युवाहरुको नेत्रित्वो सम्हालेका खनाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन्

[[IMAGE_ALT]] [[IMAGE_ALT]] [[IMAGE_ALT]]