काँग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य तथा सशक्त युवा नेता विश्वप्रकाश शर्मा मनोनीत
![[[IMG_ALT]]](/webroot/img/images/ee988180b6d11694d330b0d9d2fa9484165b33c3.jpg)
BSGNEWS | National News | Poush 25
नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य तथा सशक्त युवा नेता विश्वप्रकाश शर्मालाई मनोनीत गरिएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।
पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ ९३० बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनित गरेका हुन् ।