जि.प्र.का को अनुमति बिना कुनै पनि सांगीतिक कार्यक्रम संचालन गर्न दिन्न : प्र.नि शेर बहादुर चन्द

[[IMG_ALT]]

b s g news | Nagar News | Chaitra 25

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले बुढानिलकण्ठ नगरपालिका भित्र रहेका क्लबहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगको छ्लफल गरि यस नगरपालिका भित्र क्लब तथा संघसंस्थाहरुले गर्ने बीभिन्न कार्यक्रमहरु नियम संगत नहुनी गरेको बताएको छ | नयाँ बर्षको नजिक बिभिन्न सार्बजनिक स्थलहरुमा सांगीतिक तथा संस्कृतिक कार्यक्रम आयोजना हुने तर कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको अनुमति नलिने गरेको पाइएको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरक्षक् शेर बहादुर चन्दले बताए |

सांगतिक सांस्कृतिक कार्यक्रम गर्दा नियमसंगत रित नपुर्याई कार्यक्रम गरेको पाइएमा प्रहरीले कार्यक्रम समेत बन्द गराउन सक्ने भएको हुँदा आयोजक सजक हुन् चन्दले आग्रह गरे | शुभकामना आदानप्रदान चियापान स्थानीय जात्रा लगायतको कार्यक्रम गर्दा प्रहरीलाई जानकारी गराई कार्यक्रम गर्न चन्दले सुझाब दिएका थिए | स्थानीय संघसंस्थाका प्रतिनिधिहरु संगको अन्तरक्रियामा प्रहरीको बिभिन्न गतिविधिहरु समेत सन्तोषजनक नरहेको पासिकोट धनेश्वोर युवा क्लबका अध्यक्ष् उत्तम खड्काले बताए |

शिवपुरी युवा क्लबका अध्यक्ष् सन्देश कार्कीले प्रहरीले युवाहरु संग राम्रो संग प्रस्तुत नहुने तथा निम्न स्तरको शब्द प्रयोग गरि बोल्ने गरेको भन्दै आक्रोश ब्यक्त गरे | बुढानिलकण्ठ युवा क्लबका अध्यक्ष् गणेश कुँवरले प्रहरीले सबैलाई समान ब्बहार गरे समाजमा सकारात्मक सन्देश जाने बताए |चुनिखेलका टिकेश श्रेष्ठले बु.न.पा १३ मा प्रहरीको सक्रियता अलि बढाउन सुझाब दिएका थिए | हात्तिगौंडा रक्त संचार कोषका अध्यक्ष् राजु भण्डारीले बु.न.पा ६/७ का मानिसहरुले नयाँ प्रहरी निरिक्षक् कस्ता छन् भनेर चिन्न समेत नपाएका हुँदा सो स्थान हरुमा प्रहरी र जनताको अन्तरक्रिया कार्यक्रम बढाउनुपर्नेमा जोड दिए | बुढानिलकण्ठ युवा समाजका हरि दुलालले प्रहरी र स्थानीय को सम्बन्ध सुमधुर हुन् सके धेरै अपराधिक घटना हुन् बाट जोगिने तर्क दिएका थिए |

सबै प्रतिनिधिहरुको गुनासोलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक् चन्दले प्रहरी संगठन भित्र रहेका समस्याका बाबजुद पनि आफु आफ्नो मातहतका प्रहरी साथीहरुको बानीबेहोरामा परिबर्तन गराउन लागि पर्ने बताउदै कार्यक्रममा सहभागी हुन् आउने सबै लाई धन्यवाद ज्ञापन गरेका थिए |