बुढानिलकण्ठ –८ हात्तीगौंडास्थित एक युवतीलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Mangshir 10

मंसिर०७४/काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।गोरखाकी युवतीलाई शनिबार बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चको शौचालयमा हातपात तथा जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–८ भंगाल बस्ने नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परिक्षण बिकलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।