काठमाडौँ निर्बाचन क्षेत्र नम्बर ५ मा एमाले र कांग्रेसका ‘हेभी वेट’नेता चुनाबी मैदानमा भिड्दै

[[IMG_ALT]]

www.bsgnews.com/photo by Bikash Singh Lama | Nagar News | Mangshir 8

पछिल्ला दुई चुनाव जितेका कांग्रेस नेता नरहरि आचार्य यसपालि स्वास्थ्यका कारणले लडेनन्। त्यसैले कांग्रेसले पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतलाई यहाँ चुनावी मैदानमा उतारेको छ। अर्कोतिर वाम गठबन्धनबाट क्षेत्रीय र राष्ट्रीय योजनाका खाका सहीत चुनावी मैदानमा उत्रेका छन । क्षेत्र न ५ बारे निक्कै जानकार रहेका पोखरेल क्षेत्रीय समस्या हरु लाई समाधान गरिने प्रतिवद्धता जाहेर गरेका छन । एमाले महासचिव ईश्वर पोखरेल उठेका छन्। पछिल्ला दुई चुनावमा पोखरेल आचार्यसँग पराजित भएका थिए।
यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा सधैँ रोचक हुने गरेको छ। २०७० मा पोखरेल लगभग छ सय मतले आचार्यसँग पराजित भएका थिए। छ महिना अगाडी सम्पन्न भएको स्थानीय चुनाबको नजिरमा रहेर विश्लेषण गर्दा यो क्षेत्र् भित्र ने.क.पा एमाले अगाडी देखिन्छ |

आचार्यले जित्नुको कारण कांग्रेस मत मात्रै थिएन उनको व्यक्तित्व र स्थानीयताका आधारमा आउने मत पनि थियो। आचार्यले पाएको त्यो मत कायम राख्न नै महतलाई ठुलो चुनौती छ। क्षेत्र नम्बर ५ मा कांग्रेस र एमालेका मात्रै हैन नयाँ दल विवेकशील साझाका पनि उम्मेदवार छन्। विवेकशीलका सहसंयोजक उज्जवल थापा यो क्षेत्रबाट दोस्रो पटक संसदको चुनाव लड्दै छन्। योभन्दा अघिको चुनावमा उनी कुकुर चिह्न लिएर चुनाव लडेका थिए। यस पटक उज्ज्वल थापा dark horse (कालो घोडा ) भएका छन् |
कांग्रेससँग तालमेल गरेको राप्रपाको भोट पनि कांग्रेसलाई भन्दा विवेकशीललाई जाने सम्भावना समेत देखिएको साथै कांग्रेसको परम्परागत मत नै कायम राख्ने चुनौती झेलिरहेका महतभन्दा दुई पटक यो क्षेत्रमा चुनाव हारेका पोखरेलप्रति मतदाताको सहानुभुतिका कारण यसपालि उनी बलिया देखिएका छन् | व्यवस्थित शहर, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक धरोहरको संरक्षण, नदीनालाको सफाइ, सूचना प्रविधिको र पर्यटनको विकासलगायत मुद्दा लिएर आफू चुनावमा उठेको नेता महतको भनाइ थियो । उद्योग व्यसायको वृद्धि गरि लोकतान्त्रिक गठबन्धनको उद्देश्य रहेको उनले बताए । झोरबाट नुवाकोट हुँदै रसुवाको केरुङ जाने सुरुङ मार्गबाट काठमाडौँ ५ लाई जोडेर व्यापारिक एवं व्यावसायिक केन्द्र बनाइने लक्ष्य आफुले लिएको कांग्रेस नेता महतले बताउदै आफु चुनाबी मैदानमा आएका छन् |